सेवाग्राही प्रति जिम्मेवार बन्दै स्वास्थ्य चौकी

586 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मुलपानी ,-आम नागरिक विशेषगरी महिला, गरिब, पिछडिएका एवं बञ्चित वर्ग र समुदाय प्रति उत्तरदायी, पारदर्शी तुल्याउँदै उनीहरूको चासोप्रति सम्वेदनशील, र जवाफदेहीता र उत्तरदायित्व बोध गर्दै स्वास्थ्य चौकी मुलपानीले सामाजिक परिक्षण सम्पन्न गरेको छ ।
हामी सबैको लागि आधारभूत स्वास्थ्य सेवा,निरोगिताले पु¥याउँदछ राष्ट्रलाई टेवा भन्ने मुल नाराका साथ प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारले नीति, नियम,कार्यक्रम कार्यान्वयन,व्यवहार, श्रोत परिचालन, कार्यान्वयन प्रकृया, पारदर्शिता र प्रभावकारीताबारे सम्बन्धित सेवाग्राही,सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको विश्लेषणात्मक लेखाजोखा गर्न सामाजिक परिक्षण गरेको हो ।
सामाजिक लेखाजोखा संस्थाको सरोकारवाला तथा लाभान्वित समुहप्रतिको जवाफदेहितालाई प्रमाणित गर्न,वृहत स्तरमा पारदर्शिता कायम गर्न,लाभान्वित समूह, सरोकारवाला र साझेदार संस्थाहरुको कार्यक्रममा सहभागितामा वृद्धि गरी कार्यक्रम तर्जुमा तथा व्यवस्थापनमा अपनत्वको भावना सृजना गर्न,समुदायमा कार्यक्रमबाट पर्न गएको प्रभावलाई सम्पूर्ण रुपमा बुझ्न,सरोकारवालाहरुको पृष्ठपोषणबाट भएका सिकाईलाई परिस्कृत गर्दै संस्थाको भविष्यमा हुने कार्य सम्पादनमा सुधार ल्याउने प्रभावकारी कार्ययोजना बनाउन,पिछडिएका समुदायहरुलाई प्रश्न गर्ने तथा आफ्नो अधिकारको माग राख्ने अवसरको रुपमा एउटा सामाजिक मञ्च प्रदान गर्न,स्थानिय स्तरमा प्रजातन्त्रलाई प्रर्वद्धन गर्न,संस्थालाई सामूहिक निर्णय प्रक्रिया तथा जिम्मेवारी वहन गर्न प्रोत्साहन गर्न,मानव श्रोत र सामाजिक पुंूजीको विकास गर्न,संस्थागत सुशासनलाई सशक्त बनाउं्रन र संस्था,समुदाय र सरोकारवालावीच मित्रशक्तिकोरूपमा विकास गर्ने उद्देश्यका साथ गरिएको सामाजिक परिक्षण कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
स्वास्थ्य चौकी व्यवस्थापन समिति मुलपानीका अध्यक्ष शम्भु थापाकोे अध्यक्षता स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यमा भएको सामाजिक परिक्षण कार्यक्रममा स्थानीय सेवाग्राहीको उल्लेख्य उपस्थिति रहेको थियो । स्वास्थ्य चौकीबाट संचालित सेवा तथा भौतिक पूर्वाधार,आर्थिक अवस्था र अन्य चेतनामूलक कार्यक्रमको बारेमा स्वास्थ्य चौकी प्रमुख नविन माझीले जानकारी गराउनु भएको थियो । आमा सुरक्षा कार्यक्रम,निःशुल्क स्वास्थ्य उपचार सेवा,निःशुल्क औषधी वितरण,समुदायमा आधारित एकीकृत बाल रोगको व्यवस्थापन , समुदायमा आधारित नवजात शिशुको स्याहार , परिवार नियोजन, खोप सेवा र पोषण कार्यक्रम, बहिरंग सेवा ,स्वास्थ्य संस्था व्यवस्थापन समिति, बनावट, बैठक निर्णयहरु,समन्वय, स्रोत परिचालन ,संस्थाको संगठनात्मक संरचना स्वीकृत दरबन्दी र कार्यरत कर्मचारी,स्वास्थ्य संस्था खुल्ने अवधि, नागरिकका गुनासाहरू सुन्ने परिपाटी,स्वास्थ्य संस्थाले गुणस्तर सुधारका लागि तयार गरेको कार्ययोजना,स्वास्थ्यकर्मीहरूको बानी व्यवहार, बोलीचाली र लैङ्गिक संवेदनशीलता ,सरसफाइ र निर्मलीकरण , प्रमुख कार्यक्रम, क्रियाकलाप र बजेट र बजेट खर्च, खरिद प्रक्रिया , वित्तिय लेखापरीक्षणको प्रतिवेदन र कर्मचारीहरुको व्यवहार आदिका बारेमा स्थानीय सेवाग्राही प्रश्न,जिज्ञासा र सुझाव राखेका थिए ।
प्रयास नेपाल धादिङको सहजिकरणमा भएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा नविन माझी र शम्भु थापाले जानकारी गराउनु भएको थियो । सामाजिक परिक्षण कार्यक्रमको तथ्याङ्गसंकलन,विधि,प्रक्रिया,अवलोकन,अन्तरवार्ता,सानो समूह छलफल,सेवा लिएर फर्केका बिरामीहरु,कार्यक्रममा उपस्थितहरुको अभिमत संकलनको प्रारम्भिक प्रतिवेदन र आचार संहिताका प्रयास नेपालका अनुगमन संयोजक बसन्त डुवाडी जानकारी गराउनु भएको थियो । सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालहरुको योजना बनाई कार्यान्वयन गर्न व्यवस्थापन समिति,जिल्ला स्वास्थ्य कार्यालय,स्थानीय राजनितिक दलका प्रमुखहरुले सेवाग्राहीको प्रतिवद्धतामा गरेका छन् । यसै गरी त्रिपुरेश्वर,मैदी र सल्यानकोट स्वास्थ्य चौकीले पनि फलोअफ सामाजिक परिक्षण सम्पन्न गरेका छन् ।