महादेववेशीमा अर्थपुर्ण बन्यो वातावरण दिवश

650 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रामचन्द्र रुपाखेती
महादेववेशी -४० औं विश्व वातावरण दिवशको अवशरमा धादिङको थाक्रे गाविस महादेववेशी मा रहेको जनजागृति उ.मा.वि का विद्यार्थीहरुले निकालेको सचेतनामुलक ¥याली मा एकाएक बजारबासी, संघ संस्था, प्रहरी को समेत उपस्थिती एवं समर्थन गर्दे बजार क्षेत्रका बासिन्दाले बजार व्यवस्थापन का साथै सरसफाई अभियान शुरुवात गरेका छन् ।
विद्यालयमा रहेको लालिगुराँस बाल क्लवको अगुवाईमा कार्यक्रम आयोजना गरिएको सडक ¥याली एवं सरसफाई अनुरोध कार्यक्रममा स्थानिय संघसंस्था, खानेपानी उपभोक्ता समुह, बजार व्यवस्थापन समिति, प्रहरी समेतको सहभागिता भएपछि बिशाल ¥यालीले बजार परिक्रमा गर्नुका साथै विद्यार्थीहरुले घरघरमा डस्टविन राख्न, सडक अतिक्रमण नगर्न, फोहर जथाभावी नफाल्न सुझाव दिदै हिडेका थिए । विद्यार्थीहरुले घर आँगन सफा राखौ, सडक अतिक्रमण बन्द गरौ, सुरक्षित र सफा सडक र सडक पेटीको निर्माण गरौ, आग्रा महेश खोला सङलो बनाउँ, रुख रोपौ, स्वस्छ पानी पिउने गरौ जस्ता नाराहरु समेत लगाएका थिए । महादेववेशी बजार बजारमा रहेको घरधनीहरुले सडक क्षेत्र अतिक्रमण गरि निर्माण सामाग्री राख्ने, ढल थुन्ने, फोहर थुपार्ने जस्ता कार्यले विरुप अवस्था हुनुका साथै अति जोखिम बढेको, पैदलयात्रीहरु सवारी साधन चल्ने सडक बाट हिड्नुपर्ने बाध्यता साथै सडक विभागले कुनै चासो समेत नदिएको कारणले यस्ता नारा लगाउनु परेको बाल क्लवका अध्यक्ष प्रदिप नेपालले बनाउनुभयो । बजार व्यवस्थापन समिति ले केही प्रयास गरेतापनि कुनै सुधार नआएकोमा आजैदेखी यो अभियान शुरुगर्न बजार व्यवस्थापन समिति, बजारबासीहरु लागि परेका छन् । बातावरण दिवशकै अवशर पारेर लालि गुराँस बाल क्लवले वातावरणीय विशेष अंक भित्ते पत्रिका विद्यार्थीहरुमाझ विमोचन गरिएको थियो भने सहयोगी संस्था न्यायिक संसार ले ३ जना सफा विद्यार्थी लाई उपहार प्रदान समेत गरेको थियो । कार्यक्रममा जनजागृति विद्यालय, खानेपानी उपभोक्ता समिति, बजार व्यवास्थापन समिति, सिडर््स धादिङ, न्यायिक संसार, महादेववेशी युवा समाज लगाएतको समेत सहभागिता थियो ।