नेकपा माओवादीको बन्दले धादिङ जिल्लाको मुख्य राजमार्ग सुनसान

542 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20160609_060818धादिङ- विभिन्न जिल्लाबाट पक्राउ परेका आफ्ना पार्टी कार्यकर्ताको विनाशर्त रिहाईको माग राख्दै नेत्र विक्रम चन्द नेत्तृत्वको नेकपा माओवादीद्धारा आव्हान गरिएको नेपाल वन्दको प्रभाव धादिङ जिल्लाको मुख्य राजमार्ग क्षेत्रमा समेत परेको छ । बन्दका कारण  जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण राजधानी काठमाडौंसहित अधिकांश जिल्लामा सवारी आवागमन ठप्प भएको छ। २४ सै घण्टा सवारी आवागमन भईरहने पृथ्वीराजमार्गमा विहान ५  वजे पछि निकै कम संख्यामा सवारी चलेका छन । लामो तथा छोटो दुरीका बस तथा भाडाका कुनै पनि सवारी चलेका छैनन । एम्बुलेन्स, प्रेस लेखेर सामान ढुवानी गर्ने भाडाका सवारी साधन, दुध ढुवानीका सवारी सुरक्षा निकाय र विदेशी कुटनैतिक नियोगका सावरी साधनहरु पनि एकाध रुपमा भने चलिरहेका छन । नजिकै गन्तव्य भएका  आउंदा आउँदै वन्दको मारमा परेका सवारी साधनहरुलाई राजमार्ग क्षेत्रका प्रहरी टोलीले मोवाइल गस्ति मार्फत सुरक्षा दिएको छ । बस मार्फत बिद्यार्थी ल्याउनु पर्ने राजमार्ग क्षेत्रका निजी बिद्यालयहरु वन्द भएका छन, सरकारी बिद्यालयहरु भने खुलेका छन । सवारीवन्द भएपनि वजारहरु भने निर्वाध रुपमा खुलेको छ ।