अनलाइन निर्देशिका संशाेधन गर्न तीन सदस्यीय कार्यदल गठन

628 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ को तिव्र विरोध भएपछि सञ्चार मन्त्रालयले संशोधनको नयाा मस्यौदा बनाउने अधिकारसहित प्रेस काउन्सीलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र अनलाइन प्रत्रकार संघका अध्यक्ष प्रवेश सुवेदी सदस्य रहेको कार्यदललाई सञ्चार मन्त्रालयले निर्देशिकामा गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव र संशोधनको मस्यौदा पेश गर्ने कार्यक्षेत्र तोकिएको कार्यदलका सदस्य सुवेदीले जानकारी दिए ।

अनलाइन सञ्चार माध्यम अवरुद्ध गर्न सकिने संविधान विपरितको प्रावधानसहित सरकारले निर्देशिका ल्याएपछि सञ्चार सम्वद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले प्रेस तथा वाक स्वतन्त्रताको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको संविधान विपरित रहेको भन्दै विरोध गरेका थिए ।