अफ्गानिस्तान सम्झिदाँ मन जिरिङ्ग हुन्छ – बिरु लामा
1166 पटक पढिएको
म २००७ मा रोजगारको शिलशिलमा अफ्गानिस्तानको काबुल पुगेको थिएँ। त्यहाँको द्रिश्य देखेर मलाई काहाली लाग्यो । १५/१६ ठाउँमा दलालले भाडामा लिएको घरको एउटै कोठामा ६०/७० जनाको हाराहारीमा नेपाली दाजु भाइहरुलाई राखिएको थियो । कैयन साथीहरुसँग पासपोर्ट थिएन भने कोही भने दलालले काम खोजिदिन्छु भनेर पैसा खाएर भागेको, कोहि २/३ साल बिना काम बसेको कोहि काम को लागि दलालको पर्खाईमा, कोहि खाने पैसा नभएर बिजोग त्यो दृश्यहरु देख्दा मन कुँडिन्थ्यो । कति नेपाली मरिरहेको देखे एक जना बुटवलको साथीले त काम पाउछ कि भन्ने आशामा त्यहाँ पर्खिदा पर्खिदै प्राण त्यगे । आफ्नै साथिको मलामी सम्म बन्न पुगेको देखें। त्यति बेला त कसैलाई पनि तालिवनको डर र ज्यानको सुरक्षाको मतलब नै थिएन। मतलब थियो त मात्र कामको ।
मैले काबुलको अमेरिकन आर्मी केम्पमा काम पाएँ, केही समयपछि नेटो बेस केम्पमा करिब 6 बर्ष बिताए । सुरुमा बैधानिक थियो पछि अबैधानिक भैयो त्यहाको सरकारले दोस्रो र तेस्रो मुलुकको कामदार भिजा दिएन तर नेटोको अन्डरमा भएर खासै समस्या परेन । हामी नेटो सैनिकको युद्धक विमानमा आबश्याक पर्ने ईन्धन भर्ने काम गर्थ्यौं।
म काम गर्ने आर्मी क्याम्प कान्दहार (Kandahar Air Field ) हो जहाँ एक जमानामा यिनै आतंककारीले एअर ईन्डिया अपहरण गरि त्यहीं पुर्याएको थियो । त्यसैले पनि अलि खतरा बढी थियो । कहिले कहि त बिहान देखि बेलुकासम्म रकेट आक्रमण हुन्थ्यो । त्यति बेला चही बाँचिन्न जस्तो लाग्थ्यो । आफ्नै अगाडि धेरैको ज्यान गएको देखेको छु । ३०/४० मिटरको दुरीमा रकेट आक्रमणमा परेको छु तर भगवानको कृपाले घाइते सम्म भइन । आफ्नै अगाडि ४ जना नेपाली दाजु भाइ हेलिकप्टर दुर्घट्नामा परि निधन हुनु भएको क्षण सम्झिदा अझै पनि भक्कनिएर आउँछ ।
सोमबार भएको निन्दनीय आक्रमणले पुरानो यादहरु फेरी आँखा अगाडि उभिए। अझै हजारौ संख्यामा विभिन्न क्षेत्रमा काम गर्दै बस्नु भएका नेपाली दाजुभाई लाई सुरक्षित तरिकाले काम गर्नुहुन अनुरोध गर्दछु । नेपाल सरकारले उचित व्यवस्था मिलाई नेपाल वा अन्य आफ्नै देशमा रोजगारको व्यवस्था गरिदिएको भए यस्ता आततायी आक्रमणमा परी हजारौ नेपालीको ज्यान पक्कै जादैनथ्यो।
मलाई चित्त नबुझेको कुरा चही के हो भने अफ्गानिस्तनमा प्राय: नेपालीको काम जोखिम नै हुन्छ प्राय सेक्युरिटी गार्ड, केम्प बहिर खटिएको हुनाले जोखिम अत्याधिक छ। जुन अहिलेको घट्ना पनि काबुल जस्तो Red zone area मा सिभिल बसमा हिड्नु र हिडाउनु कतिको रिस्क को कुरा हो ? कतिको गैर जिम्मेवार कुरा हो ? तपाईं हामी आफै सोच्न सक्छौ र हाम्रो नेपाली दाजु भाइले पनि यहाँ नेर सोच्नु पर्ने थियो हामी यसरी हिड्न सक्दैन भनेर कम्पनिलाई जान्कारी राखेर कुरा उठाउनु पर्ने थियो त्यस्को नतिजा हामी अहिले भोगी रहेको छौ । त्यो काबुल हो तालिवानको निशानामा परेको शहर, काठमाडौ उपत्यका त पक्कै होइन , काबुल त रेड जोन हो । अहिले क्यनाडियन एम्बेसि लाई भन्दा जुन त्यो नेपाली दाजु भाइ काम गर्ने सेक्युरिटी कम्पनी जिम्मेवार हुनेछ किनकि ट्रान्स्पोर्टेसन देखि लिएर सबै त्यही बृटिस कम्पनिले जिम्मा लिएको हुन्छ ।
December 2007 मा us सेनाको केम्प Bagram Air field बाट नेटो camp Kandahar Air field मा जादाको पर्सि पल्टै केम्प भित्र बम विस्फोट भएको थियो मलाई सपना जस्तो लागेको थियो मन आत्तेको थियो। जीवनमा पहिलो चोटि येस्तो हुँदै थियो । मेरो काकाको छोरा पनि संगै थियो कम्पनी छुट्टै भए पनि संगै हिड्ने घुम्ने काम गर्ने गर्थ्यौं। हामी दाजु भाई प्राय: सधै त्यहा डिउटी सकाएर बेलुका फूट्बल भलिबल खेल्न जान्थ्यौं र आर्मिले खेलेको हेर्न आतुर हुन्थ्यौं। जहाँ यस्तो ठाउँ छ त्यह आर्मिको मनोरञ्जन गर्ने ठाउँ अथवा गेम खेल्ने ठाउँ हामि दाजुभाइ सधैं जस्तो जान्थ्यौं र खेल हेर्थ्यौं। एकदिन हामी फेरी खेल हेर्न गयौं राती अबेरसम्म गफ गरेर बस्यौं र छ्ट्टियौं । मध्यराततिर बम पड्केको आवाज सुनियो साइरन बज्यो भोली पल्ट् बिहान बुझ्दा राती जहाँ हामी बसेर दाजुभाई कुरा गर्यौं बम त्यही पड्केको रहेछ। अलिकती ढिला गरेको भए अबश्य मरिने थियो। आज सम्झिदा आङ जिरिङ्ग हुन्छ ।
नलाङ-९, धादिङ
हाल- केलाङ, मलेशिया
(लेखक बिरु लामा हाल केलाङ मलेशियाका होटेल व्यवसायी हुन्-सं.)