धादिङका ८ हजार ६० सहित देशभरीका ३९ हजार चार सय पाँच घरधनीसँग अनुदान सम्झौता

734 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-असार मसान्तभित्र ११ जिल्लामा अनुदान सम्झौता गरिने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख गणेशराज वस्तीले उक्त अवधिमा ११ जिल्लामा अनुदान सम्झौताको कार्य सम्पन्न गर्ने जानकारी दिएका हुन् ।

हालसम्म रामेछाप र ओखलढुंगामा घरधनीसँग अनुदान सम्झौताको काम अन्तिम चरणमा रहेको छ । इकाइका अनुसार रामेछापमा ३९ हजार चार सय पाँच घरधनीसँग अनुदान सम्झौता भइसकेको छ भने ४३ हजार छ सय नौ घरधनीले अनुदान पाउने छनौट सूचीमा परिसकेका छन् । यस्तै, ओखलढुंगामा १९ हजार ८ सय १९ घरधनी अनुदान पाउने छनौट सूचीमा परेकामध्ये हालसम्म १६ हजार ६ सय २१ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार गोरखामा ५८ हजार ५ सय ३ घरधनी अनुदान पाउनेको छनौट सूचीमा परेकामा ३४ हजार ४ सय ५७ घरधनीसँग अनुदान सम्झौता भएको छ । सिन्धुपाल्चोकमा ३४ हजार ४ सय ५७ गरी उपत्यका बाहिरका भूकम्प अतिप्रभावित ११ जिल्लामा बिहीबारसम्म एक लाख ४७ हजार एक सय ८८ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

उपत्यकाबाहिरका ११ जिल्लामा सात लाख १७ हजार सात सय १८ घरधनीको सर्भेक्षण गरिएकोमा ५ लाख ३३ हजार ४ सय ५४ घरधनीहरु अनुदान पाउनेको छनौट सूचीमा परिसकेका छन् । यस्तै, प्राधिकरणले अनुदान सम्झौता भइसकेका घरधनीमध्ये हालसम्म पाँच हजार ८ सय ४१ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा गरिसकेको छ । गोरखामा ४ हजार ४९, दोलखामा १२ सय ३७, ओखलढुंगामा ४ सय ४१, रसुवामा १ सय १२ र सिन्धुपाल्चोकमा २ जना घरधनीको बैंक खातामा रकम जम्मा भएको प्राधिकरणले जनाएको छ । रामेछापमा ३९ हजार ४ सय ५, ओखलढुंगामा १६ हजार छ सय २१, गोरखामा ३४ हजार पाँच सय ५७, सिन्धुपाल्चोकमा २० हजार ७८, दोलखामा ५८ हजार आठ सय ४२, धादिङमा ८ हजार छ सय ६०, काभ्रेमा ३ तीन हजार दुई सय ९७ भूकम्पपीडित घरधनीसँग अनुदान सम्झौता भएको छ ।

११ जिल्लामध्ये नुवाकोटमा दुई हजार आठ सय ७५, रसुवामा एक हजार पाँच सय ६६, सिन्धुलीमा एक हजार एक सय र मकवानपुरमा दुई सय ८७ घरधनीसँग अनुदान सम्झौता भइसकेको प्राधिकरणले जानकारी दिएको छ ।