एम.जी र रजनीको “मायाको कसम” सार्वजनिक

670 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13549152_1738887916379747_826210494_oकाठमाडौँको स्वयम्भु र यस आसपासमा छायाँकन गरिएको “मायाको कसम” बोलको गितको भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी एम जी तामाङ र रजनी लामाको स्वरमा रहेको गितको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सन्जय थिङ, समग्र घलान, रविना लामा, जुनु थापा मगर, इमा मगर र जयराम लामा (शिशिर) ले प्रमुख भूमिकामा अभिनय गर्नु भएको छ । सूर्य लामाले छायाँकन गर्नुभएको भिडियोमा नृत्य निर्देशन सुसान लामाले गर्नु भएको छ । यस्तै गितमा चर्चित गायक तथा संगितकार विश्व दोङको संगित रहेको छ भने नोर्बु शेर्पाले गितलाई एरेन्जर गर्नुभएको हो । जिग्मे मिडियाको उत्पादन रहेको यो गितको अडियो भने यस अघि नै सार्वजनिक भैसकेको छ । भिडियो निमार्णमा सबिता गुरुङ्गु , अन्जली आचार्य , अन्जु तामाङ्, सर्मिला लामा, सुरेस मोक्तान , उमेश मोक्तान र विशाल कला केन्द्र बौद्ध जोरपाटी काठमाडौ तथा कृष्ण तामाङ्गले विशेष सहयोगीको भुमिका निभाएका छन । 13588866_1738887939713078_1938517214_o