नमुना शहर बन्दै गरेको गल्छिमा व्यवस्थित तरकारी सकंलन केन्द्रको अभाव

786 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सन्तोष अधिकारी
गल्छी,१ असार ( धादिङ न्युज)/ नेपाल सरकारले अघिल्लो बर्षको वजेट भाषण मार्फत  घोषणा गरेको देशको मुख्य दशवाट मिनि सिटी ( मध्यम स्तरको शहर ) मध्येको एकमा पर्ने धादिङको बैरेनी गाविसको गल्छि अझै व्यवस्थित हुन सकेको छैन ।
santosh ba galchhiधादिङ जिल्लाको बैरेनी,गोगनपानी,कल्लेरी,खाल्टेका साथै नुवाकोट जिल्लाको दुईपिपल , रातमाटे, तारुका, बुधसिंह लगायतका गाविसको व्यापारिक केन्द्रको रुपमा रहेको गल्छि वजारमा खानेपानी,सरसफाईको समस्या एकातिर रहेको छ भने ब्यबस्थित तरकारी सकंलन केन्द्रको समेत अभाब रहेको छ ।
चिन वाट तराई जोड्ने प्रमुख नाकाको रुपमा समेत  रहेको गल्छि बजारमा तरकारी बेच्न नुवाकोट जिल्लाको तारुका, दुईपिपल ,रातमाट,े बुधसिङ्ग बाट तथा धादिङ जिल्लाको खाल्टे ,बैरेनी गोगनपानी कल्लेरी गाबिसका किसानहरु दिनहुं आउने गर्दछन । वजारमा आउने तरकारी बढ्दै गएपनि व्यवस्थित तरकारी संकलन केन्द्र नहुंदा किसानहरु फुटपाथमा तरकारी बेचवेखिन गर्न बाध्य हुंदै आईरहेका छन । नमुना शहरको रुपमा विकास गर्न लागिएको क्षेत्रमा व्यवस्थित तरकारी सकंलन केन्द्रको अभाव हुंदा आंफुहरु मर्कामा परेको किसानहरुको गुनासो छ ।
तरकारी तथा फलफूलको उत्पादन बढ्दै गएकाले गल्छिमा व्यबस्थित तरकारी संकलन केन्द्रको स्थापना गर्न सरकारी तथा गैर सरकारी संस्थाले चासो देखाए स्थानीयस्तरमा जनपरिचालन लगायतका कार्यमा सहयोग गर्न  स्थानीय गैर सरकारी संस्था  आर एस नेपाल तयार रहेको संस्थाका अध्यक्ष सन्तोष घिमिरेले धादिङ न्युजलाई बताउनु भएको छ ।