श्याम बस्नेत आक्रमण गर्नेलाई ज्यानमुद्दा

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

basnet_mathi1861काठमाडौं, – एमाले वागमती अन्चल सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेतलाई आक्रमण गर्ने धादिङका सुवास भट्टराई पक्राउ परेका छन् । शुक्रबार साँझ एमाले धादिङ सम्पर्क मन्चको बिषयमा कुरा गर्नु छ भनी अनामनगर चोकमा बोलाएर बस्नेतमाथि सांघातिक आक्रमण गरिएको थियो । धादिङ सम्पर्क मंचको बारेमा कुरा गर्न बोलाएपछि अनामनगर चोकको डीबी फोटो स्टुडियोमा पुगेका बस्नेतलाई उनीहरुले एक्कासी मुक्का प्रहार गरेका थिए । आक्रमणका कारण बस्नेतको आँखामा चोट लागेको छ । आक्रमणकारीमध्ये भट्टराईलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारले शुक्रबार बेलुका पक्राउ गरिसकेको छ ।
बस्नेतका आक्रमणकारीमा भट्टराई र धनबहादुर तामाङको पहिचान खुलेको छ भने मुखमा मास्क लगाएका अरु दुई जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीले अरु तीन आक्रमणकारीको खोजी जारी राखेको बताएको छ । बस्नेतमाथि आक्रमणमा संलग्नमाथि ज्यान मार्ने उद्योगमा कारबाही गर्न माग गर्दै उनका परिवारजनले प्रहरीमा किटानी जाहेरी दिने भएका छन् । आक्रमणमा संलग्न भट्टराई एमाले नेता राजेन्द्र पाण्डेको सालीको छोरो भन्दै परिचय दिने गर्दछन् ।