धादिङका आठ चालक सहित एघार टिपर नुवाकोट प्रहरी नियन्त्रणमा

631 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesनुवाकोट, २५ असार –त्रिशूली नदीबाट अवैधरुपमा बालुवा उत्खनन र ढुवानीको लागि प्रयोग भएका एघार टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार नुवाकोट रातमाटे गाविस–१ महादेवफाँटमा त्रिशूली नदीमा अवैधरुपमा बालुवा झिक्न प्रयोग भएका टिपर तथा स्काभेटरलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ११ वटा टिपर र त्यसका चालकलाई समेत पक्राउ गरिएको हो । प्रक्राउ पर्ने चालकमा आठ  धादिङ जिल्लाका, एक जना दोलखा, एक जना मकवानपुर र एक जना सुनसरीका छन् ।

प्रहरीले बा३ख ५३१८ नम्बरको टिपर र टिपरका चालक गोगनपानी–१ धदिङका सहदेव नेपाल, बा३ख ५८०८ नम्बरका टिपर र चालक महेन्द्रनगर–१ सुनसरीमा अशोक श्रेष्ठ, बा३ख ३८३३ नम्बरको टिपर र चालक बैरेनी–९ धादिङका जीवन भण्डारी बा३ख ४४९१ नम्बरको टिपर र चालक नौबिसे–२ धादिङका अर्जुन कुँवरलाई पक्राउ गरेको हो ।

बा२ख ७२५१ नम्बरको टिपर र चालक डाँडाखर्क–३ मकवानपुरका तिलक लामा, बा३ख २७९२ नम्बरको टिपर र चालक भुमेस्थान–६ धादिङका सुरज तामाङ, बा३ख ६९३९ नम्बरको टिपर र चालक जीवनपुर–८ धादिङका श्याम तामाङ बा४ख १६७३ नम्बरको टिपर र चालक महादेवबेँसी–४ का ठूलोकान्छा राई, बा४ख ३५२४ नम्बरको टिपर र बैरेनी–८ धादिङका जयराम भण्डारी, बा३ख ८३१० नम्बरको टिपर र बेला–३ दाङका किरण कुँवर र ना६ख ६६९८ नम्बरको टिपर र चालक कटाकुटी–१ दोलखाका वीर्खबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले एक थान स्काभेटर र लोडरको तीन वटा ब्याट्री पनि नियन्त्रणमा लिएको छ । अवैधरुपमा बालुवा उत्खनन र ढुवानी गरिरहेको अवस्थामा पक्राउ परेका चालक र सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयले कारबाहीका लागि जिल्ला विकास समिति नुवाकोटलाई शुक्रबारै बुझाएको छ ।