फ्रान्सलाई पराजित गर्दै पोर्चुगल युरोकपको उपाधि जित्न सफल-आयोजक फ्रान्स १-० ले पराजित

807 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 eurocupmain_E2nf2h4O63 काठमाडौं- युरोकप २०१६ को उपाधि पोर्चुगलले जितेको छ। पेरिसको स्टेड डे फ्रान्समा नेपाली समय अनुसार सोमबार सबेरै सम्पन्न खेलमा फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि उचालेको हो। सन् २००४ मा फाइनलमा ग्रिसलाई नतिजा सुम्पेको पोर्चुगललाई जित दिलाउने क्रममा उसका लागि इडरले गोल गरेका थिए। यो सँगै समकालिन फुटबलका महान् खेलाडी पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको देशको लागि उपाधिको सपना पूरा भएको छ। निकै प्रतिष्पर्धात्मक खेलमा खेलको चौथो मिनेटमा पोर्चुगलका नानीको लेफ्ट फुटेट सट आकासिएको थियो। खेलको नवौँ मिनेटमा फ्रान्सका युवा स्ट्राईकर एन्टोनी ग्रिजम्यानको पावरफुल हेडर पोर्चुगलका गोलकिपरले मुस्किलले बचाउ गरेका थिए। लगतै प्राप्त कर्नरमा डिमित्री पाएटको प्रहार पनि गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो। सुपरस्टार रोनाल्डो खेलको सुरुवात देखिनै घाईते हुँदा पोर्चुगल आक्रामक हुन सकेन। आँखाबाट आँशु लुकाउन नसकेका रोनाल्डो खेलको २३ औँ मिनेटमा हजारौँ समर्थकलाई भावुक बनाउँदै मैदान बाहिरिएका थिए। मैदानमा र मैदान बाहिर आफ्ना करौडौँ समर्थकलाई निरास पार्दै रोनाल्डोले मैदान छोड्दा पोर्चुगल मानसिक रुपमा दबाबमा आएको थियो। त्यसपछि खेलमा स्वभाविक रुपमा फ्रान्स हावी हुँदा ३४ औँ मिनेटमा पाएटले डिबक्स भन्दा ठीक बाहिरबाट प्रहार गरेको पावरफुल लेफ्ट फुटेट सटलाई गोलकिपरले उत्कृष्ट बचाउ गरेर पोर्चुगललको संकट टारेका थिए। सेटपिसमा प्राप्त केही मौकाहरुमा पनि पोर्चुगल चुक्दा मैदानमा रोनाल्डोको अभाव खड्किरहेको थियो। पहिलो हाफमा ५९–४१ ले खेल आफ्नो पक्षमा पार्दा फ्रान्सले गोलको लागि ७ प्रयास गरेको थियो। रोनाल्डोलाई गुमाएपनि पोर्चुगलले गोलको लागि ५ वटा प्रयास गरेको थियो। पहिलो हाफको तुलनामा निकै निरस रहेको दोश्रो हाफमा दुवै पक्षबाट गोलको लागि खासै प्रयास हुन सकेन। रोनाल्डोलाई गुमाएपनि दोश्रो हाफमा पोर्चुगलले सुधारिएको खेल प्रर्दशन गरेको थियो। तर, खेलको ६६ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोलको अर्को सुर्वण अवसर गुमाएका थिए। किंग्स्ले कोम्यानको क्रसमा पोष्टको नजिकै प्राप्त बलमा ग्रिजम्यानको पावरफुल हेडरले पोष्टको सही दिशा लिन सकेन। निर्धारित ९० मिनेटको अन्त्यतिर आफ्नो डिफेन्सलाइन मजबुत बनाउँदै काउन्टर एट्याक्टमा गोल गर्ने पोर्चुगलको बारम्बारको प्रयास फ्रान्सको जब्बर डिफेन्स लाईनले विफल तुल्याएको थियो। ७८औँ मिनेमा रिकार्डो करिज्माको उत्कृष्ट प्रयासलाई फ्रान्सका गोलकिपरले विफल तुल्याउँदा पोर्चुगलले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। इन्जुरी समयको दोश्रो मिनेटमा आन्द्रे पिरेले प्रहार गरेको बल पोष्टमा लागेर फर्कदा फ्रान्स अभागी सावित भएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटको खेलमा १०३ औ मिनेटमा करिज्माले प्रहार गरेको कर्नरमा डिबक्समा रहेका इडरले गरेको हेड गोलकिपरले रोकेका थिए। खेलभरि दवावमा खेलेको पोर्चुगलले १०९ औँ मिनेटमा आयोजक विरुद्ध उत्कृष्ट गोल मार्फत अग्रता लियो। इडरजिटो एन्टेनियो मासेडो लोपेजलाई माउटिनोले करिब ३० यार्ड टाढा खुला ठाउँमा मिलाइदिएको बललाई दाहिने खुट्टाले दोश्रो बार च्याप्दै प्रहार गरेको पावरफुल सट फ्रान्सका किपरलाई कुनै मौका नै नदिई जाली चुम्दा प्लेयर बक्समा रहेका रोनाल्डोले खुसीको आँशु झारेका थिए।   रोनाल्डोलाई पहिलो उपाधि क्लब फुटबलमा कुनै पनि उपाधि जित्न बाँकी नरहेका रोनाल्डोका लागि देशको लागि उपाधि जित्न नसक्दा अभागीको दाग लागेको थियो। आजको फाइनलमा पनि २३ मिनेटसम्म मैदानमा रहेका रोनाल्डोले त्यसपछि मैदानमा टिक्न सकेनन्। देब्रे खुट्टामा चोट बोक्दै मैदान बाहिरिँदा निकै भावुक भएका रोनाल्डो खेलको अन्त्यमा पुनः एकपटक भावुक बने तर फरक अवस्थामा। पोर्चुगलले पहिलो पटक कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्दा रोनाल्डोले आफ्नो समकालिन फुटबरलहरु मध्येमा आफूलाई एक नम्बरमा उभ्याउन सफल भएका छन् थाहा खबरले समाचार लेखेको छ ।