गुरुपूर्णिमाको सान्दर्भिकता

764 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-झरेन्द्र बराल

jharendra baralकुनै पनि व्यक्तिको शिक्षा, सभ्यता तथा संस्कृति तथा आदर्श र महानताको विकासमा गुरुको महŒवपूर्ण योगदान रहिआएको छ । समाज र मानव जीवनको आधार निर्माणको जग नै शिक्षा हो, तसर्थ संसारका प्राणीमध्ये मानव अन्य प्राणीभन्दा पृथक छ । शिक्षाले मानव जीवनलाई अर्थपूर्ण, परिणाममुखी, ज्ञानवान, नैतिकवान् बन्न प्रेरित गर्छ । आदर्श, नैतिकता, ज्ञानका मार्गदर्शकका रूपमा गुरुलाई मान्ने परम्परा प्राचीन परम्परा हो । धार्मिक, सांस्कृतिक, आध्यात्मिक दृष्टिले प्राचीन समयदेखि नै गुरुलाई सर्वोच्च स्थान दिइएको पाइन्छ । चरित्र नै व्यक्तिको महŒवपूर्ण पहिचान भएकोले प्राचीनकालबाट नै शिक्षाको माध्यमबाट गुरुले शिष्यलाई असल चरित्र निर्माणमा प्रेरित गर्थे, नैतिकवान्, अनुसाशित भएर गुरुको समीपमा गुरुकुलमा बसेर चेलाले ज्ञान आर्जन गर्थे । ब्रह्मचर्यमा रहेर शिष्यले आचार्यद्वारा दिइने सामाजिक र व्यावहारिक शिक्षा प्राप्त गर्थे । शरीर तथा दिमागको क्षमता वृद्धि गर्नेदेखि विभिन्न उद्देश्य गुरुकुलीय शिक्षा पद्धतिका थिए ।
यसैगरी गुरुको महŒव तथा सान्दर्भिकता प्रकट गर्ने आधारको रूपमा प्राचीनकालीन शिक्षा पद्धतिले व्यक्तिलाई धार्मिक कार्यप्रति अभिप्रेरित गर्ने उद्देश्य रहेको थियो । पूजापद्धति, व्रत, ध्यान, जप लगायतका धार्मिक, सांस्कृतिक कार्यमा व्यक्ति उत्तरदायी होस् भन्ने उद्देश्य प्राचीन शिक्षाको रहेको थियो । गुरुकुलीय शिक्षा पद्धतिले विभिन्न आदर्शलाई उच्च प्राथमिकता दिएको थियो । व्यक्तिलाई सामाजिक रूपमा समान व्यवहार गर्न प्रेरित गर्ने थियो, भेदभावरहित समाजको कल्पना गर्दै सबैको सबै काममा साझा सहभागिताको अवधारणा थियो । त्यस्तै व्यक्तिले समाजमा उच्च जिम्मेवारी वहन गर्न सकोस् भन्ने उद्देश्यले गुरुहरूले शिक्षा प्रदान गर्थे ।
गुरुकुलीय शिक्षा पद्धतिमा गुरु र चेलाबीच ज्ञान, शिक्षा दिने लिनेको रूपमा मात्र नभई विभिन्न दृष्टिमा निकटतम सम्बन्ध रहन्थ्यो । बाबु छोराको रूपमा, असल मित्रको रूपमा, एकअर्कामा समर्पित हुने सम्बन्धको रूपमा स्थापित थियो । गुरुकै सम्मानका लागि गुरुदक्षिणा, गुरुभेटी जस्ता सम्मानजनक शब्द प्रयोग गरिन्थे । गुरुकै महिमाका कारण ‘गुरुपूर्णिमा’ रहन गएको मानिन्छ ।
वास्तवमा हाम्रो संस्कृति र सभ्यतामा गुरुलाई ईश्वरभन्दा पनि उच्च स्थान दिइएको छ । विद्या, विनय र शिष्टता सिकाउन सक्ने, अन्धकारबाट प्रकाशतर्फ डो¥याउनसक्ने र आदर्श जीवनको मूल्य बुझाउनसक्ने खुबी भएको व्यक्ति नै असल गुरु हो भनिएको छ । ‘गु’ शब्दस्त्वन्धकारेस्याद् ‘रु’ शब्दस्तन्निरोधके । अन्धकारनिरोधित्वाद् गुरुरित्यभिधीयते । विभिन्न स्रोतमा विभिन्न ढङ्गले गुरुलाई अथ्र्याइएको पाइन्छ, जसले गर्दा उनीप्रति श्रद्धा, पूजा, सम्मान गर्ने चलन छ । गुरुले नै हामीलाई परमात्मासम्म पु¥याउने बाटो देखाउन सक्छन् भन्ने मान्यता छ ।
ग–र–उ तीनवटा शब्द मिलेर बनेको ‘गुरु’ शब्दको प्रथम अक्षर ‘ग’ सिद्धिदायक छ भनेर’ अक्षरबाट पापको हरण र ‘उ’ बाट अव्यक्त विष्णु बुझिने कुरा विभिन्न स्रोतमा उल्लेख छ । उक्त तीन वटा अक्षरबाट बनेका गुरु परमगुरु हुन् भन्ने कुरा तन्त्रसारमा उल्लेख छ । गकार ः सिद्धिद ः प्रोक्तो रेफ ः पापस्य हारक ः । उकारो विष्णुरव्यतmस्त्रितयात्मा गुरु पर ः।। कसैले पारसमणिसित गुरुको तुलना गर्दै जसको स्पर्श पाएमा फलाम सुन बन्छ भनेका छन् । यस्तै आचार्य शङ्करले गुरुले त्यसरी छुन पर्ने जरुरत नभएको उल्लेख गर्दै टाढैबाट पनि व्यक्तिलाई वचनरूपी आलोकद्वारा अन्तरहृदय प्रकाशित पारिदिन सक्छन् भनी स्रोतमा उल्लेख छ ।
अमरकोषमा वृहस्पति, पितासहित, पितातुल्य, पूज्य व्यतिmहरू, यज्ञादि गर्ने व्यक्ति, शिक्षा दिने व्यक्ति तथा गह्रौँ एवं ठूलो भन्ने अर्थमा गुरु शब्दको उल्लेख भएको पाइन्छ । जीवनको सार्थकताको निमित्त गुरु प्राप्त गर्नु अनिवार्य छ, तसर्थ पनि उनलाई सबैभन्दा सम्मानित स्थानमा राखएिको छ । ‘गुरुगीता’ अनुसार ‘गु’ अक्षरको अर्थ अन्धकार हो र ‘रु’ अक्षरको अर्थ त्यस अन्धकारलाई नास गर्नु हो । ‘गुरुगीता’ मै उनलाई ब्रह्मा, विष्णु र महेश्वरकै रूप मान्दै उनी नै साक्षात परब्रह्म हुन् भनी उल्लेख गर्दै शास्त्रमा सम्मान गरिएको छ कि गुरुब्रहर््मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वर ः । गुरु ः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नम ः । । मानिसको आफ्नो जीवनमा विभिन्न पीडा हुन्छन् जान अञ्जानमा विभिन्न गलत कार्य गरेका हुन्छन्, जसबाट मुक्त दिलाउन जुन मार्गदर्शको भूमिकमा रहने व्यक्ति नै गुरु हुन् । यस्ता गुरुको शिक्षा र सङ्गतबाट मानिसले नैतिकता, आदर्श, ज्ञान, बुद्धि, विवेक प्राप्त गरी आफू र समाजलाई सही पहिचान दिनसक्छ । गुरु भनेर सम्मान गरिसकेपछि उनका उपदेश तथा सल्लाह अनि स्वयं उनलाई उच्च सम्मान गर्न सकेमात्र जीवनको सार्थकता सिद्ध हुन्छ । संसार र स्वयं मानव जीवन वास्तविक रूपमा दुःखमा अल्झेको हुन्छ र जसको कारण पनि छ र निवारण उपायहरू पनि छन्, त्यस्तालाई दूर गर्ने माध्यम भनेको गुरु नै हो । विभिन्न शास्त्र, पुराण र तन्त्रग्रन्थहरूमा गुरुको महŒव, तथा आवश्यकता तथा उपयोगिताको वर्णन गरिएको छ । ज्ञानप्राप्ति र आध्यात्मिक उन्नतिदेखि मोक्ष प्राप्तिका लागि पनि गुरुबाट दीक्षित हुन आवश्यक मानिएको छ ।
यसर्थ प्राचीनकालदेखिको गुरूपुर्णिमाको सार्थकता आजसम्म पनि उत्तिकै छ । जस्तोसुकै अवस्थामा पनि गुरुको देनलाई नभुली सत्कार र सम्मान गर्नुपर्छ । गुरुको पुजा गर्नाले शिष्यले ज्ञान आर्जन गर्न सफल हुनका साथै उसको हृदय शुद्ध तथा जीवन कल्याणकारी हुन्छ भन्ने विश्वास छ । गुरु पूजन गुरुगृह, विद्यालय, महाविद्यालय तथा अन्य शैक्षिक स्थानमा मनाउने चलन छ । यो दिन आफ्नो जीवन कल्याणकारी बनाउनका लागि महŒवपूर्ण दिन भएकोले शिक्षा, सभ्यता, संस्कृति, अनुशासन, नैतिकता सिकाउने सबैप्रति कृतज्ञता ज्ञापन गर्नु आवश्यक छ । राम्रो र नराम्रो बाटो, पुण्य र पापको भेद तथा कर्तव्य र अकर्तव्यको भेदलाई बुझाउने माध्यम नै गुरु भएकोले उनीप्रति सच्चा सम्मान गर्नु सबैको कर्तव्य मानिन्छ ।
गुरूपूजनको परम्परा तथा ऐतिहासिकताको सन्दर्भमा व्यास अग्रपूज्य मानिन्छन् जो स्वयं गुरु, ब्रह्म, विद्या, शिक्षा तथा शिक्षकका रूपमा पूजनीय छन् तसर्थ गुरूपूर्णिमा व्यास जयन्तीको रूपमा पनि प्रसिद्ध छ र उनको मूर्तिमा पूजा गरिन्छ । विश्वप्रसिद्ध प्राचीनतम ग्रन्थ वेदलाई ऋगवेद, यर्जुवेद, सामवेद र अर्थववेदविस्तार र सरलीकृत गरेबाट वेदव्यास भनियो । तसर्थ पनि व्यास जयन्तीको महŒव छ । मानव जीवनका हरेक पक्षमा मानवले गुरुका उपदेशको मर्म बुझेर अनुसरण गर्नसके जीवनको सार्थकता झल्कन्छ ।-गोरखापत्रबाट