पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

560 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

n-m_gJErVx3Dmmचितवन   : केही दिन यता हरेक दिन जस्तो वन्द हुने गरेको नारायणगढ मुग्लिन सडक खण्डमा पहिरोका कारण सवारी आवागमन ठप्प हुन पुगेको छ । कालीखोलामा खसेको ठूलो पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड शनिबार बिहानदेखि अवरुद्ध भएको हो ।   बिहान ६ बजेतिर झन्डै ४०/५० मिटर लामो पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  पहिरो पन्छाउन अहिले मुग्लिन र नारायणगढतर्फबाट डोजरसहित प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। लामो पहिरो खसेकाले बाटो खुलाउन केही घन्टा लाग्ने जनाइएको छ।  यसअघि शुक्रबार साँझ सोही सडकअन्तर्गत सेती दोभानमा खसेको पहिरोका कारण रातभरी एकतर्फ मात्रै सडक सञ्चालन भएको थियो। एकतर्फ सडक सञ्चालनका कारण प्रभावित भएका सवारी कालीखोलामा पहिरो खस्दाबीचमा नै रोकिन पुगेका छन्।  पहिरो खस्दा चितवनबाट पोखरा र काठमाडौं जाने आउने सवारी बीच बाटोमै रोकिएका छन्। सडक विस्तारका क्रममा विभिन्न क्षेत्रमा खनिएकाले यहाँ सुक्खा समयमा समेत पहिरो जाने गरेको छ।