बन्दको कारण राष्ट्रिय राजमार्गमा प्रहरी स्कर्टिङमा चले सवारी साधन

829 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20160725_070844धादिङ,१० साउन – विप्लव नेत्तृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल वन्दको प्रभाव धादिङ जिल्लामा पनि दिनभर परेको छ ।
वन्दको कारण धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ, गल्छी त्रिशूली सडक र धादिङबेसी मलेखु सडक खण्डमा सवारी चलेका छैनन । यसै गरी जिल्लाको सदरमुकाम धादिङबेसीबाट ग्रामीण भेगतर्फ चल्ने र ग्रामीण भेगबाट सदरमुकाम आउने सवारी साधन पनि ठप्प भएका छन ।
लामो दुरीबाट आएर पृथ्वीराजमार्गमा रोकिन पुगेका सवारी साधनलाई बिहान प्रहरीले स्कर्टिङ मार्फत चलाएपनि दिउंसो भने राजमार्ग सुनसान हुन पुगेको छ । सवारी साधन संगै जिल्लाको शैक्षिक संस्थाहरु पनि वन्द भएका छन । वन्द आयोजकहरुको खासै उपस्थिती नदेखिएपनि जिल्ला सदरमुकाम लगायत जिल्लाको मुख्य वजारहरु वन्द हुन पुगेका छन । राजमार्गमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।