भारी बर्षा अझै केही दिन, सचेत रहन मौसमविदको आग्रह

689 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (5)काठमाडौं, ११ साउन- तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी बर्षा हुने र यसबाट बाढी पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविदले सचेत रहन आग्रह गरेका छन् ।एक हप्तायता लगातार वर्षा हुँदा पूर्वदेखि पश्चिमका सबै भागमा यसको असर परिरहेको छ । नेपालको वायुमण्डलबाट मनसुनी वायुको रेखा दक्षिणतिर(भारततर्फ) सरेको र त्यसका स्थानमा तिव्बतबाट अर्को वायुको ठूलो ढिक्का नेपाली वायुमण्डलमा प्रवेश गरेकाले पश्चिम नेपालतर्फ अझै लगातार भारी बर्षा हुने अनुमान गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ  ।