ॐ अस्पतालको चरम लापर्वाही, गलत औषधिले धादिङ बुढाथुमकी सुष्मा अधिकारीको मृत्यु

790 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

received_1120242531379289 काठमाडौं, ११ साउन । धादिङ बुढाथुम ९ की सुष्मा अधिकारी खुट्टा सामान्य झम्झमाउन थालेपछि शिक्षण अस्पताल पुगिन् । शिक्षण अस्पतालका चिकित्सकले सिटिस्क्यान गर्नुपर्ने भन्दै चावहिल स्थित ओम अस्पतालमा रिफर गरिदियो । आईतबार विहान करिब ८ बजे उनी आफै हिँडेर ओम अस्पताल पुगिन् । उनको सिटिस्क्यान भयो । सिटिस्क्यानपछि रेडिओ टेक्नोलोजिस्ट अमरनाथ महतोले औषधी खुवाए तर, औषधी खाएको केही मिनेटमै उनको स्वास्थ्य अवस्था अस्थिर मात्रै बनेन, केही क्षणमै उनको मृत्यु भयो ।सुश्माका श्रीमान नेपाल आर्मीमा कार्यरत छन । उनका तीन जना सन्तान छन जस मध्य ११ महिनाको कान्छो छोरा अकी सात बर्षकी छोरी र अर्की कक्षा ७ मा पढदेृ गरेकी ११ बर्षैकी ठुली छोरी छन ।

file shushma

मृतककाे रिपाेर्ट


मृतकका आफन्तका अनुसार सिटिस्क्यान गरेको आधा घण्टामै सुष्माको मृत्यु भएको थियो । चिकित्सकले लापरबाही गरेको भन्दै आईतबार मध्येरातसम्म मृतकका आफन्तले अस्पताल परिसरमा आन्दोलनसमेत गरेका थिए । मृतकका आफन्तले अस्पतालको गमला फुटाएको भन्दै तीन जना सर्वसाधरणलाई प्रहरीले पक्राउ गरेर छाडेको छ ।

repost sushma

अस्पतालकाे रिपाेर्ट


धादिङबेशीमा चीया पसल चलाउँदै आएकी २९ वर्षिय सुष्माको तीन वटा सन्तान छन् । ११ महिनाको दुधे बालकलाई लिएर उनी अस्पताल आएकी थिईन् । तर, अस्पतालको लापारबाहीले ११ महिने बालिकाको मात्रै होईन अन्य दुई नाबालकहरुको भविष्य समेत अन्यौलमा परेको छ । मृतकका श्रीमान लालबहादुर अधिकारी नेपाली सेनामा कार्यरत छन् । अस्पताल परिसरमा पुग्दा उनी बोल्न सक्ने अवस्थामा थिएनन् ।

Parents of shushma

मृतककाे अाफन्त, राताे टिसर्टमा मृतकका पति लालबहादुर अधिकारी ।


‘खुट्टामा झम्झमाएपछि नसामा केही भएको छ की भनेर हामी सिटिस्क्यान गर्न आएका थियौं,’ मृतकका आफन्तले दियोपोस्टसँग भने,‘तर, डाक्टरले विरामीलाई औषधी होईन विष पो दिएको रहेछ ।’

medicine of shushma

मृतकलार्इ खुवाइएकाे गलत अाैषधी, जसकाे कारण विरामीकाे मृत्यु भयाे ।


यी हुन् गलत औषधी खुवाउने डाक्टर

Dr. Amarnath

मृतकलार्इ गलत अाैषधी खुवाउने डाक्टर अमरनाथ महताे उनी ५ वर्षदेखि अाेम अस्पतालमा कार्यरत छन् ।


रेडियो टेक्नोलोजिस्ट बताउने यी डाक्टर अमरनाथ महतो हुन् । उनैले सुष्मालाई गलत औषधी खुवाएका हुन् । ‘सिटिस्क्यान गरेर सक्याएपछि आवश्यक औषधी खुवाएका थिएँ, उहाँको स्वासप्रस्वासमा एक्कासी परिवर्तन आयो, एमरजेन्सीमा पठाउँदा के भयो मलाई थाहा छैन,’ उनले  भने । उनी ओम अस्पतालमा काम गर्दै आएको ५ वर्ष भयो ।

अस्पताल प्रशासनले भन्यो : ‘ऋूटी भयो’ 
अस्पतालले लापरबाही गरेको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा आन्दोलन गरेका थिए । दिनभरको आन्दोलन हुँदा समेत अस्पताल प्रशासनले कुनै सुनुवाई गरेको थिएन । तर, आन्दोलने हिंसात्मक रुप लिन थालेपछि भने अस्पताल प्रशासन आफ्नो गल्ति स्विकार्न बाध्य भएको थियो ।
अस्पताल प्रशासनले आफूहरुको ऋुटी भएको स्विकार्दै मृतकका परिवारको बालबालीकाको शिक्षा दिक्षाको लागि २१ लाख ५० हजार रुपैयाँ दिने मौखिक वचन दिएको छ । यद्धपी लिखित सम्झौता भने भइसकेको छैन ।-दियो पोष्टबाट