फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना, ७ जनाको मृत्यु

561 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

uf]/vfaf6 la/fdL af]s]/ sf7df8f}Fsf nflu p8]sf] lkm:6]n Po/sf] x]lnsK6/ g'jfsf]6sf] dbfgk'/– ( l:yt a]ltgL hªundf b'3{6gfu|:t . b'3{6gf:yndf p4f/df ;+nUg :yfgLojf;L . tl:a/ M slknb]j vgfn, g'jfsf]6, /f;;

काठमाण्डौँ, २४ साउन । गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।
हेलिकोप्टरमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ्ग, गुरुङका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा कितमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ्ग र ठेगाना नखुलेकी लक्ष्मी गुरुङ्ग रहेका गोरखाका प्रहरी उपरिक्षक जनकराज जोशीले जानकारी दिए । प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याउन गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो ।