पृथ्वी राजमार्गको फिस्लिङमा दुर्घटना तीन जनाको मृत्यु

421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दुई दिन देखि देशका विभिन्न भागमा दुर्घटना भएको  दुःखद खबरहरु थपिंदै गएका छन । झण्डै चौविस घण्टाको बिचमा काभ्रे,नवलपरासि पछि चितवनमा का साथै अन्य स्थानमा  दुर्घटना भएको खबर छ ।

भैरहवाबाट काठमाडौँतर्फ तर्फ आउदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जानदै गरेको ना ४ ख ४५१६ नंको बस आज साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन । मृतकहरुमा अन्दाजी २२ वर्षीया एक महिला, अन्दाजी ३० वर्षीय एक पुरुष र अन्दाजी तीन वर्षीय एक बालकको मृत्यु भएको हो ।
बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि केहीलाई काठमाडौँ र केहीलाई भरतपुर लगिएको प्रहरीले जनाएको छ ।