रक्सिले गयो १८ जनाको अकालमा ज्यान

197 पटक पढिएको

प्रकाशित मिति: ६ भाद्र २०७३, सोमबार १६:१९

सम्पादक: Dhading News

 

 

download (3)भारतको बिहारमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट कम्तीमा १८ जनाको मृत्यु भएको छ । बिहारको गोपालगन्जमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको हो । मदिरा सेवनबाट बिरामी भएका केहीलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

विषाक्त मदिरा सेवन गर्नेहरुमा स्वासप्रश्वासमा समस्या हुने, पेट देख्ने, वान्ता हुने समस्या देखिएको थियो । त्यसको एक घण्टाभित्रै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच विशाक्त मदिरा सेवनबाट १८ जनाको मृत्यु भएपछि जिल्ला प्रशासनले २५ जना सुरक्षाकर्मीलाई निलम्बन गरेको छ ।

विषाक्त मदिरा उत्पादन नियन्त्रण गर्न नसकेको भन्दै उनीहरुलाई निलम्बन गरिएको हो । जिल्ला प्रशासनले १४ जनाविरुद्ध अवैध मदिरा कारोबारमा संलग्न रहेको आरोपमा मुद्दासमेत दायर गरेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

६ भाद्र २०७३, सोमबार १६:१९ मा प्रकाशित

समाचार

सबै

गल्छी गाउँपालिकाले चिन्न नसकेको प्रतिभा इश्वरी अधिकारी

धादिङ -गत वर्ष काठमाडौं स्थित् नोबेल एकेडीमीबाट व्यवस्थान संकायतर्फ प्लस टुमा नेपाल टप गर्दै गर्दा इश्वरी अधिकारीलाई सारा नेपालीले चिने । नचिनोस्, पनि कसरी, अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा.....

स्वच्छ खानेपानीका लागि आयोजना निर्माण तिव्र गतिमा

धादिङ, १३ माघ । खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सरकारी.....

मोटरसाईकलको ठक्करबाट बद्रीबहादुर कार्कीको मृत्यु

धादिङ, ११ माघ - मोटरसाइकलको ठक्करबाट शुक्रवार राती धादिङको बैरेनीवजार स्थित पृथ्वीराजमार्गमा एक जनाको मृत्यु.....

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

Categories