त्रिशूलीमा बस खस्यो, २० जनाको मृत्यु

686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

26082016085548bus-1000x0

भाद्र १०, २०७३- रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगण–मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ–६ मा सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा २० जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले २० जनाको घटनास्थलममा मृत्यु भएको जानकारी दिंदै मृतकहरुको पहिचान खुलिनसकेको बताए । मृत्यु हुनेमा २ जना महिला छन् । बसमा करिब ४० यात्रु चढेका थिए। पृथ्वी यातायात को    बसमा चन्द्रनिगाहपुर र अन्य स्थानबाट पनि यात्रु चढेकाे प्रहरी अनुमान छ। बसमा अधिकांश यात्रु मजदूरी गर्न जानेहरू थिए। गौरबाट ३८ यात्रु बोकेर पोखराका लागी छुटेको ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नारायणगढ सडकखण्ड अन्र्तगत जलवीरे नजिक  सडकबाट त्रिशुली नदिमा खसेको थियो । काठमाडौं उपत्यका आसपासको क्षेत्रमा गएराती भीषण बर्षा भएकाले नदीमा पानीको बहाव अत्यधिक रहेको छ । बसको चक्का मात्र बाहिर देखिएकाले उद्धारमा कठिनाई भएको थियो ।  गस्तीमा रहेको प्रहरी टोलीले बिहान ४ बजेतिर सो बस त्रिशुली नदीमा खसेको अवस्थामा देखेको थियो । बस कुन समयमा नदीमा खसेको थियो भन्ने यकिन छैन । दर्घटनामा परी १७ जना गम्भीर घाइते छन् । उनीहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।