सिर्डंस धादिङको अध्यक्षमा मेघवहादुर तामाङ

503 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज ( सिर्डंस) धादिङको अध्यक्षमा मेघवहादुर तामाङ चयन हुनु भएको छ । भदौ १० गते शुक्रवार थांक्रे गाविसको महादेवबेसीमा सम्पन्न संस्थाको २२ औं साधारण सभा तथा अधिबेशनले तामाङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको हो ।
14055082_623118441195398_7299850302054576507_nअधिबेशनबाट संस्थाको कार्य समितिको उपाध्यक्षमा राजु परियार,सचिवमा माधवप्रसाद खतिवडा,सह सचिवमा सुयश बिक्रम राणा, कोषाध्यक्षमा यशोदा बिंडारी चयन हुनु भएको छ । त्यसै गरी सुसिला सुवेदी, संचिता थापा,भिमसेन तामाङ, बिष्णु पौडेल,कार्यसमितिको सदस्यमा चयन हुनु भएको छ भने २ जना सदस्य कार्य समितिले पछि मनोनयन गर्ने वताईएको छ ।
संस्थाका अध्यक्ष उर्मिला रेग्मीको अध्यक्षतामा सम्पन्न साधारण सभा तथा अधिबेशनमा संस्थाको लेखाजोखा कार्यक्रम समेत सम्पन्न भएको थियो ।