पदक नजित्ने उत्तर कोरियाली खेलाडीलाई कोइला खानीमा पठाइयो, रासन कार्ड पनि रद्ध

754 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

उत्तर कोरियाका ओलम्पिक खेलाडी, जसले रियोमा कुनै पदक नजिती फर्किए, उनीहरूको नर्कको दिन पुनः फर्किने भएको छ। उत्तर कोरियाका शाषक किम जोङले रियो ओलम्पिकमा पदक नजित्ने खेलाडीलाई कडा कारवाही हुने बताएपछि ओलम्पिक खेलेर फर्किएका उत्तर कोरियाली खेलाडीमाझ त्रासको वातावरण फैलिएको छ।
किम जोङले रियो ओलम्पिकमा पदक नजित्ने सबै खेलाडीलाई कोइला खानीमा काम गर्न पठाइदिनु भन्ने आदेश दिएका छन्। यसको अर्थ उत्तर कोरियाका सबै ओलम्पियन, जसले रियोमा पदक जित्न सकेनन् उनीहरूले कस्टकर जीवन बिताउनु पर्नेछ। उनले पदक नजित्ने खेलाडीको रासन कार्ड पनि रद्ध गर्न आदेश दिएका छन्। उत्तर कोरियामा सबै खाध्यान्न सरकारी पसलले मात्र उपलब्ध गराउँछ। रासन कार्ड रद्ध गरेपछि खेलाडीहरू भोकमा जीवन काट्न बाध्य हुनेछन्। उनीहरूले अब किम जङले भनेपछि मात्र खाना खान पाउनेछन्।
किमले पदक नजितेको झोकमा खेलाडीलाई मात्र होइन, खेलाडीका परिवारलाई पनि कोइला खानीमा काम गर्न उर्दी लगाएका छन्। किम जोङले ओलम्पिकका लागि रियो उड्नुअघि आफ्ना खेलाडीलाई ५ स्वर्णको लक्ष्य दिएका थिए। तर, रियो ओलम्पिकमा उत्तर कोरियाली खेलाडीले २ स्वर्ण मात्र जिते। किम यसकारण पनि बौलाएको मानिन्छ, उनले आफ्नो कट्टर मानेको दक्षिण कोरियाले यसपालि ९ वटा स्वर्णसहित कूल २१ पदक जित्यो। उत्तर कोरियाले भने कूल ७ पदक जितेको थियो।
किम यसकारण पनि रिसाएको मानिन्छ, उत्तर कोरियालाई स्वर्ण दिलाएकी एक जिम्न्यास्ट हान्ग युन जुङसँग दक्षिण कोरियाली खेलाडीले सेल्फी लिएकी थिइन्। सेल्फी प्रकरणका कारण हान्ग स्वर्ण जिते पनि क्रसित छिन्। उनलाई पदक नजितेका खेलाडीभन्दा पनि बढी डर लागेको छ। दुश्मन देशको खेलाडीसँग सेल्फी खिचेको आरोपमा हान्गलाई नसोचिएको कारवाही हुने सम्भावना रहेको छ। रियोमा हान्गसँग लिएको सेल्फी दक्षिण कोरियाली खेलाडीले सार्वजनिक गरेपछि उत्तर कोरियाली टिममा हंगामा फैलिएको थियो। सबै खेलाडीले हान्गलाई स्वर्णको बधाई दिनुको सट्टा डराएका थिए। उत्तर कोरियामा दक्षिण कोरियासँग सम्पर्क राख्नु पनि अपराध मानिन्छ। र, यसका लागि मृत्यु दण्डसम्मको सजाय छ।
सन् २०१० को विश्व कप फुटबलमा उत्तर कोरियाको टिम पहिलो चरणबाट बाहिरिएपछि सबै खेलाडीले कडा सजाय पाएका थिए। फुटबल टिमका सबै खेलाडीलाई मजदुरीको लागि कोइला खानीमा पठाइएको थियो। अझ, उनीहरूलाई दण्डस्वरुप चिसो ठाउँमा बिना कुनै सुविधा मर्नका लागि छोडिएको थियो।
Setopati