त्रिशुली दुर्घटनामा १५ जना अझै बेपत्ता, खोजी कार्य जारी

510 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रबार विहानै भएको बस दुर्घटनामा परी हराइरहेका १५ जना अझै फेला परेका छैनन् ।
शुक्रबार विहान रौतहटबाट पोखराका लागि हिँडेको रात्रीकालिन बस चण्डिभञ्ज्याङ गाविसको कालिखोला भन्ने स्थानबाट त्रिशुली नदिमा खसेको थियो । दुर्घटनामा मृत्यु भएका २२ जनाको शव फला परिसकेको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचार भैरहेको छ । रौतहटको गौरबाट ३० र चन्द्रनिगाहपुरबाट ९ जना यात्रु लिएर विहीबार बेलुका छुटेको बस शुक्रबार विहान साढे ३ बजे दुर्घटनामा परेको थियो । बसका स्टाफ तीनजना रहेको बताइए पनि चितवन प्रहरीमा १५ जना परिवारले बेपत्ता भन्दै खोजि गरिदिन आग्रह गरेका छन् ।
“हाम्रो रेकर्ड अनुसार अझै पनि चार जना बेपत्ता छन्,” चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बाह्रखरीसँग भने,“तर हाम्रो आफन्त हराएकाले खोजि गरिदिन भन्दै १५ वटा निवेदन प्राप्त भएको छ ।”
बसमा अझै पनि कति यात्रु थिए भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ । कुँवरका अनुसार शनिबार पनि प्रहरीले दुर्घटनास्थल वरिपरी खोजि कार्य जारी राखेको छ ।
– बाह्रखरी