विदेशका जेलमा ८६३ नेपाली, जेलमा दुई थरी नेपाली

788 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं १२ भदौ -पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।

त्यसमा तिमल्सिनालाई दोषी ठहर गर्दै हदालतले ब्लडमनीबापत पीडित परिवारलाई तीन लाख साउदी रियाल झण्डै ८७ लाख नेपाली रुपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो ।

नेपाली दूतावासमा खटाएका प्रतिनिधि र पीडित पक्षबीच भएको टलफलमा एक लाख २० हजार रियाल दिनुपर्ने सम्झौता भएपछि एनआरएन साउदीले रकम संकलन सुरु गरेको थियो ।

यसको चौतर्फी चर्चा हुन थालेपछि प्रधानमन्त्री दाहालले खाडीको जेलमा रहेका नेपालीको यथार्थ बुझ्न चाहे । परराष्ट सचिब शंकर बैरागीलाई प्रधानमन्त्रीले सोधे, ‘विदेशमा कुन देशमा कति नेपाली जेलमा छन् ?’ त्यसैअनुसार बढी नेपाली जाने देशका दुताबासले जेलमा रहेका नेपालीको तथ्याकं अपडेट गरिरहेका छन् ।

खाडीका जेलमा श्रम मामिलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन् । फौजदारी मुद्दाका संवेदनशील अभियोगमा पनि वर्षौंदेखि थुनिएका छन् । खाडीका दूतावासहरुले पछिल्लो समय तयार पारेको प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा छन् ।

जसमा ८ सय ६३ फौजदारी अभियोगसँग जोडिएका छन । बाँकी कम्तीमा दुई सय घरफिर्ती केन्द्रमा नेपाल आउने दिनको कुराईमा छन् । साउदीको रियादस्थित नेपाली दुताबासका अनुसार फौजदारी अभियोग लागेका ३ सय ८८ नेपाली रियाद र दमाम क्षेत्रमा जेलमा छन् । साउदीकै जेदास्थित जेलमा २५ जना छन् । युएइमा एक सय तथा मलेसियामा २ सय ७७ जना जेलमा छन् ।

अबुधावीस्थित नेपाली दुताबासका अनुसार यूएईको अलवातहमा ३३, अलवायरमा २८, अलायनमा १४, सहरीमा १० र बाँकी चार जेलमा १५ नेपाली छन् । कान्तिपुरबाट