समुदायको काम समुदायबाटै

682 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14079498_720871241386306_465006218413078601_nधादिङ/ एक्सन नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको नेपाल भूकम्प प्रतिकार्य (जीविकोपार्जन) कार्यक्रम अन्तर्गत जिवनपुरको वडा नं. ८ र ९ मा “कामका लागि नगद” कार्यक्रम अन्तर्गत सिंचाई कुलो पूनर्निर्माण कार्यक्रम सञ्चालन भइरहेको छ । वर्षाको बेला खेतीपातीको व्यस्तताको बावजुत पनि स्थानियहरु आफ्नै कुलो निर्माण गर्न जुटेका छन् ।
भूकम्प पिडीतको घाउमा थोरै भएपनि मलम लगाउने हेतुले एक्सन नेपाल कुलो पुनर्निर्माणमा जुटेको हो । कुलो निर्माणमा लाग्ने आर्थिक एवम् प्राविधिक सहयोग एक्सन नेपालले व्यवस्था गरेको छ । स्थानीयलाई दैनिक ६ घण्टा काम गरे वापत रु ५सय २५ र खाजा खर्च स्वरुप ७५ रुपैयाँ सहयोग गर्दै आएको छ । 14079968_720871358052961_2650555320406620917_n(1)गाउँको पूनर्निर्माण पनि हुने र आर्थिक लाभ पनि मिल्ने भएका कारण आफूहरु खुसी भएको स्थानिय गोविन्द अर्यालले बताउनुभयो ।
यसैगरि जीवनपुरको वडा नं. ६ र ७ मा कुलो पुनर्निर्माण गरि कामदारलाई पैसा पनि वितरण गरिसकेको छ । जिवनपुर लगायत खाल्टे, कटुञ्जे र सल्यानकोटमा भने उक्त काम सम्पन्न भइसकेको र गुम्दीमा बाटो तथा कुलो पुनर्निर्माण कार्य बाँकि रहेको परियोजनाका इन्जिनियर सन्तोष छत्कुलीले बताउनुभयो ।