मिसेस तामाङ २०१६ को प्रशिक्षण शुरु, १८ जनाको प्रतिस्पर्धा

843 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imageकाठमाडौं / नेपालमै पहिलो पटक देशैभरिका विवाहित तामाङ महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस तामाङ २०१६ को प्रशिक्षण कार्यक्रम साधना कला केन्द्रमा शुरु भएको छ । एस.के. इन्टरटेन्मेन्टको आयोजनामा हुन गैरहेको प्रतियोगितामा देशै भरिबाट १८ जना विवाहित तामाङ सुन्दरीहरु प्रतिस्पर्धाका लागि छनौट गरिएका छन ।

बिभिन्न क्षेत्रमा संलग्न शिक्षिका, नर्स, कर्मचारी, व्यवसायी तथा गृहिणी लगायत हरेक वर्गका विवाहित तामाङ महिलाहरुको बाहिरी तथा भित्री सौन्दर्य र व्यक्तित्व विकासका लागि आयोजित प्रतियोगितामा कोरियोग्राफर रोजिल शाक्यले विविध विषयमा प्रशिक्षण दिइरहेका छन । उनको अलावा बिभिन्न क्षेत्रसँग सम्बन्धित वक्तित्वहरुबाट र्‍याम्प वाक्, अनुशासन, वाक कला, क्षमता अभिवृद्धी, घरेलु हिंसा लगायतका विषयमा समेत प्रशिक्षण भैरहेको बताइएको छ ।

भदौ २८ गते प्रज्ञा भवनमा आयोजना गर्न लागिएको प्रतिष्पर्धाबाट मिसेस तामाङ घोषणा गरिने आयोजक संस्था एस. के. इन्टरटेन्मेन्टका प्रबन्धक शान्ता तामाङले धादिङन्युज डट कमलाई बताउनु भयो । तामाङ गत वर्ष आयोजित मिसेस नेपाल आइकन २०१५ कि विजेता हुन । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएकोले अझ धेरै मेहनत गर्नु परेको समेत उनले बताइन ।