युनिसेफको जिपले ठक्कर दिंदा गल्छी प्रहरी चौकीका इन्चार्ज घाईते

614 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20160831_182546गल्छी -काठमाण्डौंबाट नुवाकोटको सदरमुकाम विदुरतफं जांदै गरेको ( युएन)युनिसेफको जिपले ठक्कर दिंदा गल्छी प्रहरी चौकीका इन्चार्ज भरतकुमार गम्भिर घाईते भएका छन ।
बुधवार सांझ ७ वजे तिर भएको सो दुर्घटनामा परि घाईते भएका प्रहरी सहायक निरिक्षक भरतकुमारको गल्छी अस्पतालमा उपचार भईरहेको छ । गल्छीचोकको ट्राफिक जाम वयवस्थापनका लागि सडकमा उभिएर ड्युटी गरिरहेका प्रसनीलाई युनिसेफको ६६–१–११३२ नम्बरको जिपले ठक्कर दिएर सडकमा पछारेको थियो । ठक्कर दिने जिप । त्यस्का चालकलाई गल्छी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । दुई दिन अघि मात्रै जिल्ला प्रहरीबाट सरुवा भई आएका प्रसनी दोश्रो दिनमै दुर्घटनामा परेका हुन । दुई बर्ष अघि यसै गरी सडकमा उभिएर ड्युटी गरिरहेका प्रहरी सहायक निरिक्षक पहलमान शाक्यलाई पनि युएनको सामान वोकेको टेलर पल्टिएर ज्यान लिएको थियो ।