बस दुर्घटनामा एक जनाको मृत्यु

532 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट गाउँ विकास समितिको वडा नं ८ गोमती खोला नजिकै शनिबार बिहान यात्रुवाहक बस एक आपसमा ठोक्किदाँ सुर्खेत घर भएकी ६० वर्र्षीय गगनशील थापा मगरको घटनास्थलमा नै मृत्यु भएको छ ।

सुर्खेतबाट काठमाडौँ तर्फ आउदै गरेको ना ४ ख ४६०१ नम्बरको बस र काठमाडौँैबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ४३६२ नम्बरको बस एक आपसमा ठोक्किदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेकोले उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

चिप्लो बाटोमा ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घाईतेको स्थानिय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ ।