संविधान घाेषणाकाे वार्षिकोत्सबमा आदमघाटबजार सरसफाइ

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14333649_1651498968513193_918595891094005316_nआदमघाट । नयाँ संविधान जारी गरेको वर्ष दिनको अवसरमा आदमघाटबजार सरसफाइ गरिएको छ ।
सरकार संविधान घोषणा गरेको दिनको अवसरमा हाइवे सशस्त्र प्रहरी बल वेस क्याम्प आदमघाट, तथा स्थानीय अगुवाहरुले संयूक्त रुपमा बजार सरसफाई गरेका हुन् ।
सरकारले देशबासीलाई संविधान दिवस मनाउन आग्रह गरेको अवसरमा बजारवासीसंग समन्वय गरी सरसफाईको कार्यक्रम संचालन गरिएको हाइवे शसस्त्र प्रहरी बल आदमघाटका डिएसपी तारिकचन्द्र चौधरीले बताउनुभयो ।
स्थानीय बजारबाससंग समन्वय गरेर जनचेतना फैलाउने तरिकाबाट सरसफाई कार्यक्रम सम्पन्न गरियो डिएसपी चौधरीले बताउनुभयो ।
त्यसैगरी स्थानीय समाजसेवी विनोद भण्डारीले सरसफाई कार्यक्रममा शसस्त्र पहरीको सहयोगप्रति आभारी ब्यक्त गर्नुभयो । स्थानीय बुद्धिजीवि, तथा सामाजिक अगुवाहरुको नेतृत्वमा भएको सरसफाई कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको अर्का समाजसेवी बासुदेव जम्कटेलको भनाई छ । विगतदेखी नै आफूहरुले विभिन्न सामाजिक कामहरु गर्दै आएको बताउनुभएको उल्लेख गर्नुहुँदै जम्कटेलले आगामी दिनमा पनि त्यस प्रकारको कामले गति पाउने बताउनुभयो ।
आदमघाट स्थित केदारेश्वर मन्दिर परिषरबाट सुरु गरिएको सरसफाई कार्यक्रम बजार क्षेत्रमा सरसफाईका लागि जनचेतना कार्यक्रम सहित समापन गरिएको थियो ।
सरसफाई कार्यक्रममा हाइवे शसस्त्र प्रहरी बेस क्याम्पका डिएसपी चौधरीको नेतृत्वमा शसस्त्र प्रहरीका प्रहरी निरीक्षक सरोज आचार्य सहित २१ जना शसस्त्र प्रहरी र स्थानीय अगुवा तथा बुद्धिजीविहरुको सहेत उपस्थिति रहेको थियो । संविधान दिवसको अवसरमा आयोजित उक्त सरसफाई कार्यक्रममा आफ्नो घर वरपरका क्षेत्र सरसफाई गरी स्थानीयहरुले सहभागीहरुलाई साथ दिएका थिए ।