धादिङको कुन गाविसलाई कता समेटेने कुन दलको प्रस्ताव के छ ?

819 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhadingधादिङबेसी–मुलुक संघीयतामा गईसकेकाले देशका स्थानीय निकायलाई पनि कुन ढांचामा प्रादेशिक संरचना भित्र समेट्ने भन्ने बिषयमा यति बेला देशैभरी छलफल,अन्तरक्रिया, र वहस शुरु भएको छ । साविकको धादिङ जिल्लामा पर्ने ४६ गाविस र १ नगरपालिकालाई समेटेर ११ वटा स्थानीय इलाकाको संरचना वन्ने भएपछि राजनैतिक दल तथा अन्य सरोकारवालाहरु कुन गाविसलाई कता समेटेर कस्तो संरचना वनाउने भन्नेमा लागि परेका छन ।
प्रस्तावित नयाँ संरचनाका लागि धादिङका राजनैतिक दलहरुले पनि आ–आफ्नो तर्फबाट तयार पारेको स्थानीय तहको पुर्न संरचनाको ढांचा स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको बैठकमा पेश गरेका छन । बुधवार धादिङबेसीमा बसेको बैठकमा जिल्लाका मुख्य पांच वटा दलहरुले साविकको गाविसलाई कता समेट्ने भन्ने बिषयमा कस्तो सुझाव दिए होलान सबैको चासो र सरोकारको बिषय वनेको छ ।
14390740_1027094510722927_4323366602251209814_nजिल्लाका मुख्य पांच वटा दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र क्रान्तिकारी माओवादीले समितिलाई कस्तो प्रतिवेदन बुझाए होलान थप जानकारीका लागि हेर्नुहोस धादिङ न्यूजको यो समाचार ।
पहिलो नम्बरमा नेपाली कांग्रेसले तिप्लिङ, लापा र सेर्तुङ, नेकपा एमालेले तिप्लिङ, लापा, सेर्तुङ, झार्लाङ,दार्खा २ र ९ , सत्यदेवी र रीगाउंलाई समेटेर एउटा गाउं पालिकाको प्रस्ताव गरेको छ भने माओवादी केन्द्रंले तिप्लिङ, लापा, सेर्तुङ र झार्लाङ,राप्रपाले तिप्लिङ, लापा, सेर्तुङ,झार्लाङ र रिगाउंलाई एउटा गाउंपालिका वनाउनु पर्छ भनेको छ भने माओवादी क्रान्तिकारीले तिप्लिङ, लापा, सेर्तुङ, झार्लाङ,दार्खा २ र ९ को प्रस्ताव समिति समक्ष पेश गरेको छ ।
यसै गरी दोश्रो नम्बरमा नेपाली कांग्रेसले रि, गुम्दी,फुलखर्क,मुलपानी,बुढाथुम र बसेरी गाविसलाई एउटा वनाउनु पर्छ भनेको छ भने नेकपा एमालेले बसेरी, बुढाथुम ,मुलपानी , फुलखर्क, सल्यानटार र गुम्दी गाविसको १ देखि ६ नम्बर वडालाई एउटा गाउं पालिका वनाउने प्रस्ताव अघि सारेको छ भने सोही इलाकालाई माओवादी केन्द्रले रि, सल्यानकोट, त्रिपुरेश्वर,फुलखर्क र गुम्दी गाविस गाभ्नु राम्रो हुने सुझाव दिएको छ । त्यसै गरी राप्रपाले बसेरी, बुढाथुम, फुलखर्क र गुम्दीलाई समेटेने सुझाव दिएको छ भने क्रान्तिकारी माओवादीले गुम्दी, फुलखर्क,बुढाथुम, बसेरी र मुलपानी गाविसलाई एउटा गाउंपालिका वनाउन सुझाव दिएको छ ।
तेश्रो नम्बरमा यता झार्लाङ,सत्यदेवी,दार्खा,मार्पाक, सेम्जोङ, कटुञ्जे र धुंवाकोट गाविसलाई एउटा वनाउन नेपाली कांग्रेसको सुझाव दिएको छ भने मार्पाक, सेमजोङ,कटुञ्जे, त्रिपुरेश्वर,सल्यानकोट, आगिन्चोक,गुम्दीको ७,८ र ९ नम्बर वडाका साथै दार्खाको १ नम्बर वडालाई समेटेर एउटा स्थानीय संरचना वनाउनु पर्ने प्रस्ताव एमालेले समिति समक्ष वुझाएको छ । उता माओवादी केन्द्रले सत्यदेवी,दार्खा,मार्पाक, ,सेमजोङ र कटुञ्जेको प्रस्ताव पेश गरेको छ भने राप्रपाले पनि सोही प्रस्ताव ल्याएको छ । यहि गाविसहरुको हकमा माओवादी क्रान्तिकारीले दार्खाको १ नम्बर वडा,सत्यदेवी,मार्पाक, सेमजोङ,कटुञ्जे,त्रिपुरेश्वरको ६ देखि ९ र ज्यामरुङ गाविसको १ नम्बर वडाको भुभागलाई एउटै वनाउनु पर्ने सुझाव पेश गरेको छ ।
चौथो नम्बरमा नेपाली कांगे्रसले सल्यानटार,आगिन्चोक, त्रिपुरेश्वर,सल्यानकोट र ज्यामरुङ गाविसलाई मिलाउने कुरा अघि सारेको छ भने नेकपा एमालेले सलाङ, खाल्टे,कुम्पुर र कल्लेरी गाविसलाई एउटै वनाउने प्रस्ताव पेश गरेको छ । उता माओवादी केन्द्रले सल्यानटार, आगिन्चोक, बसेरी र बुढाथुम राप्रपाले सल्यानटार, आगिन्चोक,त्रिपुरेश्वर र मुलपानी गाविसलाई मिलाएर एउटा वनाउन भनेको छ भने क्रान्तिकारी माओवादीले सल्यानटार, सल्यानकोट,आगिन्चोक, त्रिपुरेश्वरको १ र ५, ज्यामरुङको १ देखि ६ का साथै चैनपुरको १ र ३ लाई एकै ठाउंमा राख्नुपर्ने सुझाव समितिलाई दिएको छ ।
पांचौ नम्बरमा नेपाली कांग्रेसले चैनपुर,खरी, ढोला, मैदी र नलाङलाई नेकपा एमालेले खरी, नलाङ,मैदी, चैनपुर, ढोला र ज्यामरुङ गाविसको १ देखि ७ नम्बर वडालाई एउटै वनाउन प्रस्ताव पेश गरेको भने माओवादी केन्द्रले चैनपुर, खरी, ढोला र ज्यामरुङ राप्रपाले पनि नेपाली कांग्रेसकै जस्तै प्रस्ताव ल्याएको छ भने क्रान्तिकारी माओवादीले खरी, नलाङ,मैदी,चैनपुरको ४ देखि ९, ढोला र सलाङ गाविसलाई समेट्न सुझाव पेश गरेको छ ।
छैटौ नम्बरमा नेपाली कांग्रेसले सलाङ, जोगिमारा, धुषा र वेनिघाटको प्रस्ताव पेश गरेको भने एमालेले जोगिमारा, धुषा, वेनिघाट र महादेवस्थान गाविसको १ देखि ५ नम्बर वडालाई समेट्न सुझाव दिएको छ । माओवादी केन्दले पनि जोगिमारा, धुषा, वेनिघाट र महादेवस्थान गाविसलाई मिलाएर एउटै वनाउने प्रस्ताव ल्याएको छ भने राप्रपाले जोगिमारा, धुषा, वेनिघाटलाई जोडेर एउटै वनाउन भनेको छ भने क्रान्तिकारी माओवादीले पनि जोगिमारा, धुषा,वेनिघाट र महादेवस्थान गाविसको प्रस्ताव अघि सारेको छ ।
सातौ नम्बरमा गजुरी, पिडा,महादेवस्थान र कुम्पुर गाविसको एउटै संरचनाको प्रस्ताव नेपाली कांग्रेसले ल्याएको छ भने एमालेले किराञ्चोक, पिडा, गजुरी र महादेवस्थान गाविसको ६ देखि ९ नम्बर वडा सम्म एउटै वनाउन सुझाव दिएको छ । त्यसै गरी माओवादी केन्द्रले गजुरी, पिडा, कुम्पुर र किराञ्चोक लाई एटै वनाउन सुझाव दिएको छ भने सोही बिषयमा माओवादी केन्द्रले गजुरी, पिडा र किराञ्चोक राप्रपाले गजुरी, पिडा,महादेवस्थान र कुम्पुर क्रान्तिकारी माओवादीले गजुरी, पिडा, कुम्पुर र किराञ्चोक गाविसलाई समेटेर एउटा वनाउने सुझाव पेश गरेको छ ।
आठौ नम्बरमा नेपाली कांग्रेसले नीलकण्ठ नगरपालिका र खाल्टे,एमालेले नीलकण्ठ,धुं्रवाकोट र ज्यामरुङ गाविसको १, ८ र ९ नम्बर वडालाई, माओवादी केन्दले नीलकण्ठ, खाल्टे र धुंवाकोटलाई समेटेनु पर्ने प्रस्ताव ल्याएको छ भने राप्रपाले पनि नीलकण्ठ, खाल्टे र धुंवाकोट लाई र क्रान्तिकारी माओवादीले नीलकण्ठ, खाल्टेको ४ नम्बर वडा वाहेक सबै र धुंवाकोट गाविसलाई मिलाएर एउटा वनाउन प्रस्ताव पेश गरेका छन ।
नवौ नम्बरमा कांगे्रसले किराञ्चोक, बैरेनी,कल्लेरी र भुमेस्थान गाविसलाई एमालेले बैरेनी, गोगनपानी गाविसको १ र २ नम्बर वडाका साथै भुमेस्थान गाविसलाई माओवादी केन्द्रले बैरेनी,कल्लेरी, गोगनपानी र भुमेस्थान गाविसलाई राप्रपाले किराञ्चोक, बैरेनी र कल्लेरी गाविसलाई क्रान्तिकारी माओवादीले बैरेनी, कल्लेरी, गोगनपानीर खाल्टे गाविसको ४ नम्बर वडालाई समेटेर एउटा संरचना वनाउनु पर्ने प्रस्ताव समिति समक्ष बुझाएको छ ।
दशौं नम्बरको प्रस्तावमा नेपाली कांग्रेसले गोगनपानी, केवलपुर, थाँक्रे र तसर्पु, एमालेले गोगनपानीको ३ देखि ९ नम्बर वडा,तसर्पु, थांक्रे, केवलपुर गाविस,माओवादी केन्द्रले यस इलाकामा कुनै प्रस्ताव पेश गरेको छैन भने राप्रपाले गोगनपानी, केवलपुर, थाँक्रे,तसर्पु र भुमेस्थान गाविसलाई एउटा वनाउन सुझाव दिएको भने क्रान्तिकारी माओवादीले केवलपुर, थांक्रे,तसर्पु र भुमेस्थान गाविसको एउटा संरचना वनाउने प्रस्ताव ल्याएका छन ।
एघारौं नम्बरको प्रस्तावमा नेपाली कांग्रेसले नौविसे, जिवनपुर र छत्रेदेउराली, एमालेले नौविसेको २ देखि ९ नम्बर वडा,जीवनपुर र छत्रेदेउराली माओवादी केन्द्रले नौविसे,जिवनपुर,केवलपुर,छत्रेदेउराली,थांक्रे र तसर्पु गाविसलाई समेटेर एउटा वनाउन सुझाव पेश गरेको छ । सोही प्रस्तावमा राप्रपा क्रान्तिकारी माओवादीले नौविसे, छत्रेदेउराली र जिवनपुर गाविसको एउटा संरचनाको प्रस्ताव समति समक्ष पेश गरेका छन ।