अब धादिङमा एक नगरपालिका र ११ गाउं पालिका यस्तो छ गाउं पालिकाको नाम र खाका

2278 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

४४ गाविस मिलेर बन्ने भो ११ गाउं पालिका, अव खाल्टे र धुंवाकोट गाविस    नीलकण्ठ नगरपालिकामा 
14344089_1756345234639441_3980847096170548027_n-1स्थानीय निकाय पुर्न संरचनाका लागि जिल्ला स्तरीय समितिले धादिङ जिल्लाको नयाँ संरचना सार्वजनिक गरेको छ ।
साविकको ४६ गाविस र १ नगरपालिका रहेको धादिङ जिल्लामा अव ए कनगरपालिका सहित ११ वटा गाउं पालिका रहने भएको छ । प्रस्तावित संरचना अनुसार हिमाली भेगको लापा, तिप्लिङ, सेर्तुङ र झार्लाङ गाविसलाई समेटेर १३ हजार ७ सय २० जन संख्या रहेको रुवी भ्याली गाउं पालिका वनाईएको छ । यस गाउं पालिकाको केन्द्र विन्दु सेर्तुङ गाविसको वडा नम्बर ४ चालिसामा रहने छ ।
यसै गरी दार्खा,सत्यदेवी,मार्पाक, सेमजोङ र कटुञ्जे गाविसलाई समेटेर २१ हजार ४ सय ६१ जनसंख्या रहेको डापजोङ गाउं पालिकाको प्रस्ताव गरिएको छ । प्रस्तावित डापजोङ गाउं पालिकाको केन्द्र भने साविकको मार्पाक गाविसको वडा नम्बर ७ सापटारीमा रहने प्रस्ताव गरिएको छ ।
जिल्लाको बसेरी, बुढाथुम,फुलखर्क, रिगाउं र गुम्दी गाविसलाई समेटेर २१ हजार ७ सय ८४ जनसंख्या रहेको गंगाजमुना गाउं पालिकाको प्रस्ताव गरिएको छ । गंगा जमुना गाउं पालिकाको केन्द्र भने फुलखर्क गाविसको मण्डलीमा रहने वताईएको छ ।
गंगाजमुना पछि जिल्लाको बहुचर्चित क्षेत्र प्रस्तावित बुढीगण्डकी जलबिद्युत आयोजना क्षेत्र भित्र पर्ने सल्यानटार गाविसको नाम रहेको सल्यानटार गाउंपालिकाको प्रस्ताव गरिएको छ । यस गाउं पालिकामा सल्यानटार, आगिन्चोक, त्रिपुरेश्वर,सल्यानकोट र मुलपानी गाविस रहनेछन जस्को जनसंख्या २२ हजार ९ सय ६० रहेको छ भने गाउं पालिकाको केन्द्र सल्यानटारमा रहनेछ ।
सल्यानटार संगै सिमाना जोडिएको गाउंवस्तिलाई समेटेर प्रस्ताव गरिएको ज्वालामुखी गाउपालिकामा चैनपुर, खरी, ढोला र ज्यामरुङ रहनेछन यस गाउं पालिकाको जनसंख्या २१ हजार ७ सय ६१ रहेको छ भने केन्द्र सांधभन्ज्याङमा रहने भएको छ ।
जिल्लाको नलाङ,सलाङ र मैदी गाविस अव सिद्धलेक गाउंपालिका वन्नेछ । सिद्धलेक गाउंपालिकाको जनसंख्या २२ हजार ९ सय २० रहेको छ भने केन्द्र डाप भन्ज्याङमा रहने प्रस्ताव गरिएको छ ।
साविकको नीलकण्ठ नगरपालिकामा अव खाल्टे र धुंवाकोट गाविस पनि समेटिने भएको छ । अव वन्ने नीलकण्ठ नगरपालिकाको जनसंख्या ५१ हजार ५ सय १७ पुग्ने छ भने केन्द्र विन्दु धादिङवेसीमै कायम रहने भएको छ ।
जिल्लाको दक्षिणपुर्वी गाविस छत्रेदेउराली, जिवनपुर र नौविसे गाविसलाई अव धुनीवेसी गाउंपालिका भनिनेछ । ३१ हजार २९ जनसंख्या रहेको यस गाउं पालिकाको केन्द्र भने धुनीवेसीमा रहने छ ।
थांक्रे, केवलपुर, तसर्पु र भुमेस्थान गाविसको नाम अव महादेववेसी गाउंपालिका रहने छ । यस गाउं पालिकाको केन्द्र विन्दु महादेवबेसी र जनसंख्या ३० हजार ७ सय ८५ रहेको छ ।
बैरेनी, कल्लेरी,किराञ्चोक र गोगनपानी गाविसलाई समेटेर गल्छी बैरेनी गाउं पालिका वनाईने भएको छ । कुल ३३ हजार ७ सय ९० जनसंख्या रहेको यस गाउं पालिकाको केन्द्र डल्टारलाई तोकिएको छ ।
गजुरी, पिडा र कुम्पुर गाविस अव गजुरी गाउंपालिका वन्नेट भने गजुरी केन्द्र रहेको यस गाउँ पालिकाको जनसंख्या ३१ हजार ९० रहेको छ ।
चेपाङ समुदायको वाक्लोवसोवास रहेको जोगिमारा, धुषा, वेनिघाट र महादेवस्थान गाविसलाई अव रोराङ गाउंपालिका भनिनेछ । प्रस्तावित रोराङ गाउं पालिकाको केन्द्र विशालटारलाई तोकिएको छ ।