न्याम्सलाई मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम राख्ने निर्णय

417 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ८ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आज बसेको सिनेट बैठकले न्याम्सको नाम मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राख्ने भएको छ ।

मनमोहनलगायतका विषयमा तत्काल ठोस निर्णय नगरे डा गोविन्द केसीले १० असोजबाट नवौँ चरणको अनशन सुरु गर्ने घोषणा गरेपछि न्याम्सका सहकुलपतिसमेत रहनुभएका स्वास्थ्यमन्त्री गगन थापाले आकस्मिक रुपमा सिनेट बैठक बोलाउनुभएको थियो ।

सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई मनमोहन अधिकारी चिकित्सा विज्ञान प्रतिष्ठान बनाएर प्रस्तावित मनमोहन कलेजको सम्पूर्ण स्वामित्व आफूले लिने निर्णय पनि बैठकले गरेको छ ।

डा केसीले उठाएका मुद्दामध्ये चिकित्सा शिक्षा विधेयकबारे भोलि संसद्मा छलफल हुने अन्य मुद्दा पनि सम्बोधन भइरहेको स्वास्थ्यमन्त्री थापाले बताउनुभयो । रासस