पूर्व गृहमन्त्री घिमिरे सवार कार त्रिशूलीमा खस्यो

675 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 14456934_1196204430452723_1196800872_o

फाइल फोटो

घिमिरेसहित तीनजना वेपत्ता

काठमाडौंः पूर्व गृहमन्त्री तथा  गृह सचिव माधवप्रसाद घिमिरे सवार कार त्रिशूली नदीमा खसेको छ ।

नारायगढबाट काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा घिमिरे सवार बा ९ च १५३१ नम्बरको कार दारेचोक गाविस–३ स्थित घोप्टेभीरबाट त्रिशूलीमा खसेर वेपत्ता भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार त्रिशूलीमा खसेपछि त्यसमा सवार यात्रुको खोजीकार्य जारी रहेको छ । सातजना यात्रुसहितको कार त्रिशूलीमा खसेको थियो । कार पुरै पानीमा डुबेकाले कुरिनटारबाट सशस्त्र प्रहरीका गोताखोरहरु ल्याएर उद्धार थालिएको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगिसकेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चारजनाको उद्धार, घिमिरेसहित तीनजना वेपत्ता

दुर्घटनाको जानकारी लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा परेको कारमा पूर्वमन्त्री घिमिरेसहित सातजना सवार थिए ।

ती मध्ये चारजनालाई प्रहरीले जीवितै उद्धार गर्न सफल भएको छ। जीवितै उद्धार गरिएका चारजनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उद्दार गरिएकाहरूमा घिमिरेका अंगरक्षक सशस्त्र प्रही नायव निरीक्षक अारसी कार्की, प्रहरी हवल्दार विष्णु राई, नारायणप्रसाद घिमिरे र नाम नखुलेकी एकजना महिला छन् ।

प्रहरीकाअनुसार पूर्वगृहमन्त्री घिमिरेसहित तीनजना अझै बेपत्ता रहेका छन् । घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद्‍मा गृहमन्त्री भएका थिए । उनी नेपालको कर्मचारी प्रशासनमा कुशल प्रशासककारुपमा परिचित थिए ।