मार्पाक बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

971 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading-accident-spot_5npl9daxpjअसोज ११, २०७३  : धादिङको मार्पाक बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगिने भएको छ ।  घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमा राखेर काठमाडौं पठाउन लागिएको धादिङका डिएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। ९ जना गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ’ उनले भने। उद्दारको क्रम चलिरहेकाले घाइतेहरुको यकिन भएको छैन। सदरमुकाम धादिङवेशीबाट उत्तरी गाविस दार्खा जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस सडकबाट खस्दा १ २ जना पुरुष र ४ जना महिलाको शव निकालिएको छ । बसले किचेको अवस्थामा अरु पनि शव हुन सक्ने वताईएको छ । स्थानीयले दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुगिसकेको वताएपनि प्रहरीले हाल सम्म १६ जनाको शव भेटिएको र खोजी कार्य जारी रहेको वताएको छ । बिहान साढे ११ बजे मार्पाक गाविस ५ लपाङखोला जिरोकिलो नजिकैबाट  बस ३ सय मिटर तल आँखु खोलामा खसेको हो। पहिरो गई थुनिएको सडक पन्छाइ बस पार गराउने क्रममा दुर्घटना भएको हो। घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ।