धादिङ दुर्घटनामा मर्नेको संख्या १९ पुग्यो-१३ घाइतेको काठमाडौंमा उपचार हुँदै

412 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,११ असोज ; भुकम्प पिडितका लागि राज्यले बितरण गरेको रकम लिनका लागि जिल्ला सदरमुकाम धादिङबेसी आएर गाउं फर्कदै गरेकाहरु चढेको बस दुर्घटना हुंदा अधिकांशको ज्यान गएको छ । गएको बर्षको भुकम्पमा ज्यान जोगाएकाहरु त्यहि भुकम्प पछि सरकारले दिएको अनुदान लिएर घर र्फकदै गर्दा गाउं सम्म पुग्न भ्याएनन । भुकम्प पिडित लाभग्राही अनुदान सम्झौता पछि रकम लिन जिल्ला सदरमुकाम धादिङवेसी आउनु पर्ने वाध्यता रहेको छ ।
बा ३ ख ३३१८ मंगलबार बिहान धादिङबेसीबाट गएको बस बिहान ११ः३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ । बसको छत र सीटमा समेत खचाखच यात्रु देखिएको प्रत्यक्षदर्शी दुर्गाबहादुर कुमालले जानकारी दिए । पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको हो ।
धादिङको मार्पाक गाउँ विकास समिति वडा नं ५ लपाङखोला जिरोकिलो नजिकै मंगलबार विहान ना ४ ख ३३१८ नम्वरको बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख््या १९ पुगेको छ । घटनास्थलमा ४ महिला र १४ पुरुषको मृत्यु भएको छ भने १ महिलाकोे उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १३ जनालाई डाईनेष्टि एयर र नेपाली सेनाको हेलिकप्टरको सहायताले उद्दार गरी उपचारको लागि काठमाण्डौ पु¥याएको थियो । घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा उपचार भइरहेको छ ।
मृतक मध्ये अहिले सम्म १३ जनाको सनाखत भएको छ । सनखात भएकाहरुमा सत्यदेवी गाउँ विकास समिति वडा नं २ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ बर्षिय छोरा(नाम नखुलेको), सत्यदेवी–३ का तिल बहादुर तामाङ, री गाउँ विकास समिति ८ का चन्द्रमान तामाङ, वडा नं ८ कै मन तामाङ, री २ का कासा लामा तामाङ, दार्खा ९ का रामचन्द्र सापकोटा, मार्पाक ५ की दिल कुमारी पौडेल र उनकी छोरी कमला पौडेल रहेका छन् । त्यसैगरी बसका चालक गोरखा जिल्लाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको छ ।
दुर्घटनामा पर्नेहरु अधिकाँश भुकम्प पिडितहरु हुन । उनिहरु नेपाल सरकारले घर बनाउन दिएको अनुदानको पहिलो किस्ता बापतको ५० हजार रुपैया लिएर फर्किएका हुन् । धादिङवेसीको टिकट काउन्टरबाट ३१ जनाको चलानी लिएर दार्खा गाविसको किन्ताङफेदी गएको बसमा वीच बाटोबाट पनि यात्रुहरु चढेको बताइएपनि गाडीमा कति यात्रु थिए भने अझै सम्म खुल्न सकेको छैन । दुर्घटनास्थलमा पहिरो गएकाले सडक अवरुद्ध भएपछि स्थानीयवासीले पहिरो पन्छाएर बस अघि लैजान खोज्दा हिलोमा वस अनियन्त्रित भई पल्टिएर ३ सय मिटर तल खसेको स्थानीयले वताए ।
जिल्लाको अधिकांश ग्रामीण सडक बर्षातका कारण जीर्ण भएपनि क्षमता भन्दा धेरै यात्रु लिएर बस गुड्ने गरेकाले पटक पटक दुर्घटनामा पर्ने गरेको छ । को र जीर्ण सडकमा धेरै यात्रुहरुको भारका कारण सडकबाट तल खसेर दुर्घटना भएको अनुमान गरिएको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा एक टोली घटनास्थल गएको थियो ।घटनास्थल सदरमुकाम धादिङवेशीबाट ३२ किलोमिटर टाढा रहेपनि कच्चि सडकका कारण कम्तिमा साढे ३ घण्टा लाग्ने गर्दछ ।

१३ घाइतेको काठमाडौंमा उपचार हुँदै,-शिक्षण अस्पतालमा उपचार भैरहेका घाइतेको नामावली
मिलन तामाङ २७

नुमु लामा ४२

बिक्की थापा २२

धनबहादुर लामा ५०

प्रेम विक ३५

ईश्वर सुवेदी

मनिङ तामाङ

टेकुमाया घले

मतेन तामाङ

चेले तामाङ