केरुङ यातायातको विरोधमा वन्द नुवाकोट र रसुवाको यातायात खुल्यो

1157 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20160930_115943गल्छी- रसुवा र नुवाकोट जिल्लामा वन्द गरिएको यातायात सेवा शुक्रवार अपरान्हबाट सञ्चालनमा आएको छ ।
पासाङल्हामु यातायात सेवा समितिले शुक्रबार विहानै देखि नुवाकोट र रसुवामा यातायात वन्द गराएको थियो । एक महिनादेखि चीनको नाका केरुङ बाट त्रिशूली गल्छी हुंदै काठमाण्र्डौ सम्म बस सञ्चालन गर्दै आईरहेको केरुङ यातायातको विरोधमा शुक्रवार विहानै देखि यातायात वन्द गराएको हो ।
पासाङल्हामु यातायात सेवा समिति नुवाकोट जिल्लाको पुरानो समिति भएका कारण नयाँ बस चलाएको विरोधमा पासाङ ल्हामुले विरोध जनाएको हो । पासाङ ल्हामुले केरुङ यातायातले डिलक्स भन्दै पुराना वसलाई डिलक्स वनाएको आरोप लगाएको छ । केरुङ यातायातले डिलक्स वस सञ्चालनमा ल्याउन थालेपछि यात्रुको रोजाईमा नयाँ बस परेकाले पुरानो समितिले नयाँ बसको विरोध गरेर सिण्डिकेट लाद्न खोजेको नुवाकोट चारघरेका विनोद सापकोटाले वताउनु भयो । केरुङ यातायातले चलाएको बसहरुको कागजपत्र छानविन गरी ति बसका बिषयमा अनुसन्धान गर्ने सहमति पछि वन्द खुलाईएको हो । नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरिक्षक देवबहादुर वोहराको संयोजनमा शुक्रवार सरोकारवालाहरुको वैठक वसि वन्द यातायात खुलाउने निर्णय गरेको हो ।
पासाङ ल्हामुले विहानै देखि सदरामुकाम विदुरका साथै अन्य स्थानमा एक सय ५० भन्दा धेरै वसहरु रोकेर यातायात अवरोध गराउन खोजेको थियो । केरुङ यातायातले भने प्रहरी सुरक्षामा बस चलाएको थियो । ।
ढुंगे, त्रिशूली, बट्टार, पिपलटार क्षेत्रमा वसहरु लाइन लगाएर खडा गरिएको थियो । सडक आवागमन नै अवरुद्ध हुने गरी वस तेस्र्याएपछि एम्बुलेन्स, व्यक्तिगत सवारी साधन, भाडाका र अन्य मालबाहक सवारीसमेत आवतजावत गर्न समस्या भएपछि स्थानीय प्रशासनले वन्द खुलाउन सरोकारवालाहरु संग छलफल गरेको थियो ।