कास्कीको याम्दीमा बस दुर्घटना, १ को मृत्यु, ३७ घाइते

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौंबाट बाग्लुङ जाँदै गरेको यात्रुबाहक बस कास्कीको याम्दीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ जना घाइते भएका छन्, त्यसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको ग १ ख ६१६९ नम्बरको यात्रुबाहक बस पोखराको याम्दी खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा परि गुल्मीका साढे दुई वर्षका बालक अजित अर्यालको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ३७ जना घाईते भएका छन्, त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको मणिपाल र पश्चिमाञ्चल अस्पताल पोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसका चालक फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।