केवलपुरमा भूकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी तालिम

1250 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

reconstroction

धादिङ । भूकम्पप्रभावित जिल्ला धादिङको केबलपुर गाविसमा भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । अमेरिकी दुतावास युवा परिषद्को आयोजना र अमेरिकी दुतावासको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । इन्जिनियर प्रज्ञान भट्टराइ र इन्जिनियर सरोज आचार्यले भूकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी तालिम प्रदान गरेका थिए । तालिममा सहभागी गाविस सचिव कैलाश रेग्मिले पुननिर्माणका क्रममा आयोजना गरिएको यस किसिमको तालिम असाध्यै उपयोगी र तालिमले सहभागीलाई उर्जा थपेको बताए । त्यस्तै अर्का सहभागी बिदुर रुपाखेतीले भूकम्प प्रतिरोधी घर निर्माणका लागि यस किसिमको तालिम फलदायी हुने भन्दै कम लागतमा पनि भूकम्पप्रतिरोधी घर निर्माण गर्न सकिने ज्ञान तालिमबाट प्राप्त भएको बताए । महत्वपूर्ण कुरा त ढुंगा माटोबाट नै भूकम्पप्रतिरोधी घरनिर्माण गर्न सकिनेबारे जानकारी पाएको उनले बताए । तालिममा सहभागीता जनाएपछि स्थानीय अनिता तिमल्सिनाले पछिल्ला दिनमा निर्माण कार्यमा महिलाको सहभागिता बढेको र तालिमले भूकम्पप्रतिरोधी घरनिर्माण र यसबारेको व्यवहारिक जानकारी दिएको बताईन् । सरोज पौडेलले सहजीकरण गरेको तालिममा निर्माण मजदुर, स्थानीय, नागरिक प्रतिनिधि सहित ४५ जनाको सहभागीता रहेको थियो ।