दोलखामा ४.२ रेक्टरको भूकम्प -आसपासका जिल्लामा पनि झटका

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

earth-quakeगत बर्षको बैशाख १२ र त्यसपछिका दिनमा सयौं पटक आएको भुकम्पले घरवारविहिन भएका, परिवारका सदस्य गुमाएका, ज्यान अङ्गभङ्ग भएकाहरु अझै पनि भुकम्पको कारण पुगेको क्षतीले आहत भईरहेका छन । कति परिवार अहिले पनि घर नभएर अस्थायी टहरोमा बसेर दुःखका साथ दशैं मनाउने तयारीमा जुटिरहेको छ । गत बर्षको भुकम्पले गर्दा सहनुपरेको पिडालाई भुल्न नसक्नेहरुलाई त्रसित पार्दै शुक्रवार विहान दोलखा जिल्ला केन्द्र विन्दु भएर आएको अर्को भुकम्पले त्रसित पारिदिएको छ ।  असोज २१, २०७३ दोलखा : दोलखाको मैनापोखरी आसपासको क्षेत्रलाई केन्द्रविन्दू बनाएर शुक्रबार बिहान १० बजेर ३७ मिनेटमा  ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले यस भूकम्प ‘गोर्खा भूकम्प’ कै परकम्प रहेको जानकारी दिएको छ। भूगर्भ विभागका अनुसार  गत वर्षको वैशाखमा गएको ७ दशमलव ६ रेक्टर स्केलको प्रलयकारी भूकम्पपछि ४ रेक्टर स्केलभन्दामाथिका ४ सय ७० पराकम्‍प गइसकेका छन्। यसअघि असोज २ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको परकम्प गएको थियो।

नेपालमा दैनिक ४० वटा भूकम्प

 वैशाख १२ को ७.६ रिक्टर स्केलको शक्तिशाली गोरखा भूकम्प भूकम्पपछि निरन्तर परकम्प  गए पनि केही महिना अघि देखि त्यो क्रम कम हुंदै गएको छ । २०७२ चैतको दोश्रो हप्ता सम्ममा  ४ रिक्टर स्केलभन्दा माथिका ४४५ परकम्प गएका थिए भने  दैनिक ४ रिक्टर मुनिका ४० वटासम्म भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।  ।त्यसो त, वैशाख १२ को भूकम्पअघि पनि नेपालमा दिनहुँ ४ रिक्टर मुनिका १२ देखि १५ वटा भूकम्प गइरहेका हुन्थे । यद्यपि तिनको रेकर्ड राखिन्नथ्यो ।

ठूलो भूकम्पपछि परकम्प आउनेक्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

“वैशाख १२ को ७.६ रिक्टरको भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनिए पनि भूकम्प नै हो”, उनले भने ।

गोरखा भूकम्पपछि सुरुको एक महिनासम्म दिनमै ४ रिक्टर स्केलभन्दा मुनिका एक हजार ३०० सम्म भूकम्प (परकम्प) गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए ।

पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् ।

केन्द्रको विवरणअनुसार वैशाख १२ को भूकम्पअघिका वर्षहरुमा ४ रिक्टर स्केलभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए ।