दुर्घटनामा प्रहरी निरिक्षक थापाको मृत्यु

538 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी बजार – दशैं मानेर घरबाट काठमाण्डौं फर्कदै गरेका शशस्त्र प्रहरी वलमा कार्यरत प्रहरी निरीक्षक ध्रुव थापाको दुर्घटनामा परि ज्यान गएको छ ।
accident-baireni-2धादिङको बैरेनी गाविस ९ बैरेनी बजार स्थित पृथ्वीराजमार्गमा असोज २६ गते बुधवार दिउंसो भएको दुर्घटनामा परि शशस्त्र प्रहरीका प्रहरी निरिक्षक थापाको ज्यान गएको हो ।
काठमाण्डौंबाट चितवन जाँदै गरेको बा ७५ प २९६७ नंबरको मोटरसाइकल र तनहुंबाट काठमाण्डौं आउंदै गरेको बा ६९ प १७५५ नंबरको मोटरसाइकल एक आपसमा ठोकिंदा घाईते भएका बा ७५ प २९६७ नंबरको मोटरसाइकलका चालक धु्रव थापाको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक शरदप्रसाद खत्रिले जानकारी दिनु भयो ।
तनहुँ मरलुङ ४ निवासी थापा सशस्त्र प्रहरीका प्रहरी निरिक्षक हुन् । थापा शशस्त्र प्रहरी वलको दक्षिणकाली स्थित गणमा कार्यरत थिए । दशैं मानेर घरबाट काठमाण्डौं फर्कदै गरेका प्रहरी निरीक्षक थापाको दुर्घटनामा परि ज्यान गएको हो ।