दसैँको टीका लगाएर राजधानी फर्कन थाले

741 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20161007_153238

(धादिङको गल्छी चोकमा उभिएर गन्तव्यमा पुग्नका लागि सवारी साधनको खोजी गर्दै सर्वसाधरण । धादिङ जिल्लाका साथै छिमेकी जिल्ला नुवाकोट र रसुवा जिल्लाका विभिन्न गाउं वस्ति र त्यहाँ स्थित निजी,सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरतहरु आफ्नो गन्तव्यमा पुग्नका लागि यहाँ मोटरको प्रतिक्षा गर्ने गर्दछन ।
तस्बिर : केशव अधिकारी /धादिङ न्यूज)

काठमाडौँ, -केही दिन देखि सुनसान जस्तै बनेको पृथ्वीराजमार्ग र अन्य सडक खण्डमा सवारी चाप र यात्रुको आवत जावत ह्वात्तै बढ्न थालेको छ ।दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिएका मानिस फर्कन थालेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विजयादसमीको तेस्रो दिन सम्म चार लाख मानिस राजधानी भित्रिसकेका छन् ।

महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार दसँैको टीका लगाएर पूर्णिमासम्म ५० प्रतिशत मानिस काठमाडौँ फर्कन्छन् भने ५० प्रतिशत मानिस तिहार पर्व मनाएर मात्र फर्किने गरिन्छ ।

उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी मानिस दसैँ मनाउन वाहिरिएका थिए । उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङल्हामु मार्ग र टोखा–छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यबाट फर्किरहेका छन् ।

महासचिव सिटौलाले दसैँका अवधिमा कुनै अप्रिय घटना नघटेको तथा विगतका दसैँभन्दा यसपालि यात्रु सहज तरिकाले गन्तव्यमा पुगेको र फर्कदा पनि सहज भएको बताउनुभयो ।

दसैँलाई लक्षित गरी अहिले सानाठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजारदेखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।

महासङ्घले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहज रुपमा जानसक्ने व्यवस्था गरेको छ । रासस
–––––––