संसारमा सबैभन्दा लामो समय शासन गर्ने थाई नरेशको निधन

673 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13thanimonarchy-qa-master768

Well-wishers weep as they pray for Thailand's King Bhumibol Adulyadej at the Siriraj hospital where he is residing in Bangkok

संसारमै सबैभन्दा लामो समय ७० बर्षसम्म लगातार शासन गरेका थाईल्याण्डका नरेश राजा भूमिबल अदूल्यादेवको ८८ बर्षको उमेरमा बैंककमा निधन भएको छ । थाई नरेश भूमिबलले दोश्रो बिश्वयुद्ध लगत्तै राजाको मुकुट पहिरेका थिए ।उनको बैंकममा रहेको सिरिराज अस्पतालमा निधन भएपनि निधनको कारण खुलाइएको छैन । नरेशको निधनले थाइल्याण्डको राजतन्त्र नै अब रहने वा नरहने भन्नेबारे प्रश्नचिन्ह खडा भएको छ ।

उनको मृत्युसँगै ७० बर्ष १२६ दिन लामो उनको शासनको पनि अन्त्य भएको छ । बेलायतकी महारानीले बेलायतमा ६४ बर्षदेखि शासन गर्दै आएकी छिन् ।

A well-wisher holds a picture of Thailand's King Bhumibol Adulyadej outside the Siriraj hospital where he is residing in Bangkok

थाईल्याण्डमा नरेश नै राज्य र सेनाका प्रमुख हुन् । नरेश भूमिबलले उच्च पदस्थ सरकारी र सैन्य अधिकारीहरुको नियुक्ती सदर गरेका थिए । दुईबर्ष अगाडि सैन्य कु मार्फत सासनसत्ता हत्याएर शासन गरिरहेको सैन्य सरकारले नरेश भूमिबलको सदर पाएको दावी गरेको थियो ।

थाईल्याण्डका राजा भूमिबल अदूल्यादेवको जीवन तस्विरमा

फोटो : गेटी इमेज / एपी/ रोयटर्स