प्रभावकारी वन्न सकेन नेपाल टेलिकमको इन्टरनेट सेवा

564 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल टेलिकमको सेवा पुगेको धादिङ अधिकांश बस्तिमा दुर संचार सेवा प्रभावकारी वन्न नसक्दा उपभोक्ताहरु सास्ती खेप्न वाध्य भएका छन । धादिङ जिल्लामा केही समय यता नेपाल टेलिकमको इन्टरनेट सेवामा  निकै समस्या देखिन थालेको छ । जुनसुकै बेलामा पनि सुस्त गतिमा चल्ने इन्टरनेटको कारण संचार प्रविधिमा आधारित व्यवसाय,संचार गृह, संचारकर्मी र अन्य उपभोक्ताहरु मर्कामा पर्दै आईरहेका छन । नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या देखिएको छ। मोवाईल तथा लाईनबाट चल्ने इन्टरनेट नचल्दा सेवाग्राही हैरान भएका छन्।

06082016010747ntc-1000x0एडिएसएल,टु जि, थ्रि जि,सिडियमए,वाईम्याक्स लगायतका कुनै पनि इन्टरनेट सेवा कछुवाको चालमा चल्दा तत्काल गर्नु पर्ने काम समयममै सम्पन्न गर्न नसकेको सेवाग्राहीहरु वताउंछन । एडिएसएल इन्टरनेट जोडेर सेवा दिंदै आएका उपभोक्ताले नेपाल टेलिकमको कार्यालयमा पुगेर तथा फोन गरेर मर्मतका लागि अनुरोध गर्दा पनि  टेलिकमबाट कुनै चासो नदिईएको बैरेनीका बाबु अधिकारी बताउंछन ।  जिल्लाको राजमार्ग क्षेत्रमा वितरित नेपाल टेलिकमको एडिएसएल सेवा महिनौ दिन देखि सुस्त चल्दै आएको भएपनि मर्मत गर्ने तर्फ टेलिकमले ध्यान नदिंदा सेवाग्राहीहरु सास्ती खेप्न वाध्य भएका हुन ।टेलिकमले दशैं तिहार र छठ पर्वका लागि भनेर फोन, एसएमएस र इन्टरनेट प्रयोगमा छुट योजना लागू गरेको छ।