रसुवामा भूकम्पको धक्का,धादिङ र नुवाकोटमा पनि दियो झटका

624 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

e5b92ec01e70adb69522afbea87d9015धादिङ :छिमेकी जिल्ला रसुवाको   ठूलोगाउँ गाविस आसपास केन्द्रविन्दु भएर शनिवार राती भूकम्पको परकम्प गएको छ । रसुवाको ठुलोगाउं केन्द्र भएर गएको परकम्पको झट्का रसुवा जिल्लाका साथै नुवाकोट र धादिङ जिल्लाको अधिकांश गाउं वस्तिमा पनि परेको थियो ।

साँझ ६ बजेर २२ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०७२ वैशाख १२ यता चार रिक्टर स्केलभन्दा माथिका चार सय ७३ परकम्प गएका छन् ।