माहुरी पालनतर्फ अग्रसर बन्दै धादिङका किसान
2276 पटक पढिएको
धादिङ:पछिल्लो समय धादिङ किसानहरुमा महुरी पालन व्यवसायमा आर्कषण बढ्दै गएको छ । जिल्ला भर दुई हजार पाँच सय आधुनिक घार रहेको छन् । सोही घारमा माहुरी पालेर ३० मेट्रिकटन भन्दा बढी मह उत्पादन गरेको वाली बन संरक्षण अधिकृत मादव भट्टले बताए ।
१३ वर्ष अघि महुरीले घेरेको सपनादेखेका नलाङका भद्र गिरी अहिले विपनामै महुरीको घेरा भित्रबाट पारिवारिक समृद्धिको बाटो खोज्दैछन् । सपनादेखेको केही महिना पछि श्रीमति भक्तकुमारी वनमा घाँस काट्न जादाँ महुरीको गोलो देखेपछि गिरीलाई खवर गरिन ।
गिरीले वनमा गएर महुरी त ल्याए राख्न घार थिएन । उनले छिमेकीलाई आफु घार किन्न नसकुन्जेल पाल्न दिए । गिरीले डेढ वर्षपछि १ हजार रुपैयाँमा महुरीको घार किनेपछि छिमेकीले महुरी फिर्ता दिए । उनले अहिले माहुरी पालनलाई उद्योगका रुपमा विस्तार गरेका छन् । गिरीले महका अलवा माउ महुरी र घार समेत विक्री गर्दछन् । उनीसँग अहिले ९० घार महुरी छन् । मह, माउ महुरी र घार विक्रीबाट गत वर्ष १० लाख भन्दा बढी आम्दानी गरेको गिरीले बताए ।
कृषि मेलामा अकवरे खुर्सानी पर्दशनीमा राख्दा प्राप्त १ हजार पुरस्कारबाट महुरीको घार किनेर महुरीसंग परिचय गरेका राजाराम पाण्डे महुरी पालनमा रमाइ रहेकाछन् । नौविसे तरकारी पकेट क्षेत्रमा महुरी पालन गर्नु आफैमा चुनौति हुदाँहुदै महुरी पालन गरेका पाण्डेले अहिले ७० घार माहुरी पालेकाछन् । उनीपनि महुरीको माउ विस्तार संगै सिजनमा मह काट्छन् । वार्षिक करिव १ मेट्रिकटन मह विक्रीबाट ६ लाखको हाराहारीमा आम्दानी गर्दै आएकाछन् ।
किसानहरुको उत्साहलाई जिवित राख्न र अझ नयाँ किसानहरुलाई आर्कषित गर्न चालु आर्थिक वर्षमा ६ सय थप नयाँ घार ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको वाली संरक्षण अधिकृत भट्टले बताए । यूवा लक्षित कार्यक्रमबाट आव २०७१-०७२ मा २० जना युवा किसानलाई १ लाख ८० हजारका दरले अनुदान दिएपछि अझ व्यावसायिक रुपमा महुरी पालन बढेको हो कारोबार दैनिकको अनलाइनमा यो खबर छापिएको छ ।
नियमित कार्यक्रमबाट पनि २५ प्रतिशत अनुदानमा घार वितरण गरिएको थियो । घरेलु तथा साना उद्योग विकास समितिले महुरी पालन तालिम, महुरी र घार दिने भएका कारण घार संख्या र उत्पादन बढी हुन सक्ने अधिकृत भट्टले बताए ।
७० जना भन्दा बढी किसानले मुख्य व्यावसाय महुरी पालन बनाएकाछन् । जिल्लामा परम्परागत तरीकाले गाह्रोमा खोपा बनाएर, काठको मुढाको घारमा महुरी पाल्लने किसानको संख्या १ हजार र २ हजार भन्दा बढी घारमा महुरी हुनसक्ने अनुमान गरिएको छ । महुरी चरण क्षेत्र निश्चित नहुदा अर्थात जग्गा खण्डिकरण र तरकारी तथा फलफूलमा प्रयोग विषका कारण महुरी व्यावसायमा चुनौती रहेको किसानहरुको गुनासो रहेको छ ।
इपीस सेरेना जातको महुरी २ किलो मिटर टाढासम्म चर्न जाने भएकाकारण अझ बढी जाखिम रहेकोछ । भर्खरै विष प्रयोग गरेको वालीमा रस लिदाँ महुरी पुगे मर्ने सम्भावना हुन्छ । विषको अवषेशले समेत महुरीलाई असर गर्ने अधिकृत भट्टले बताए । जिल्लामा उत्पादन भएको मह सरदर ६ सय रुपयाँ प्रति कजीमा विक्री भइरहेकोले १ करोड ८० लाख रुपयाँ बढी किसानहरुले प्राप्त गर्नेछन् ।