श्रीमानको मलेसियामा मस्ति, श्रीमती र २ बच्चालाई यता संधै सास्ती

775 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेसिया गएका श्रीमान उतै बिवाह गरि बसे पछि दुई बच्चा सहित शर्मिला को बिचल्ली ” सम्पूर्ण प्रमाण सहित “


mali-1
mali-2

धादिङ जिल्ला बेनिघाट गाबिस वडा नं ५ घर भई सोही गाबिस वडा नं ४ बस्ने राजन घले संग  सात वर्ष अघि प्रेम बिवाह गरी २०६९/४/२१ मा बेनिघाट गाबिस बाट बिवाह दर्ता गरेकी शर्मिला उप्रेती अहिले दुई लालाबाला सहित कष्टकर जीवन बिताईरहेकी छिन्।
दुई सन्तानको जन्म पश्चात् वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया हिडेका राजन घर परिवार संग पूर्णरूपमा सम्पर्क बिहिन भएपछि परिवारको बिचल्ली भएको छ। जीवन मलेसियाको शाहआलम स्थित कम्पनीमा कार्यरत रहेको भनिए पनि बिगत १८ महिना यता परिवार बाट पूरै टाढिएर बसेको शर्मिला भन्छिन्।
श्रीमान ले पैसा पठाउनु त परै जाओस् फोन गर्दा समेत फोन काट्ने वा स्विच अफ गर्ने साथै सामाजिक संञ्जाल फेसबुक मा पनि ब्लक गरेको शर्मिलाको भनाई छ। राजनका साथि भाइ हरु संग बुझ्दा राजनले मलेसियामा नै बिवाह गरि बसेको थाहा पाए पछि शर्मिला अर्धपागल झै भई ती दुई सन्तान संग दिनचर्या काटिरहेकी छिन्।
राम्रो खाने मीठो लाउने अनि सन्तानको भविस्य उज्ज्वल बनाउने सपना देखाएर विदेशीएको श्रीमानको एकाएक एस्तो प्रवृत्ति ले शर्मिला आफ्नै भाग्य लाई धिक्कार्दै बसिरहेकी छिन्। ती दुई बालबच्चा पाल्नकै लागि एउटा स्कुलमा पिउन बनेर मासिक २/४ हजार का लागि काम गरिरहेकी शर्मिला को दैनिकी रोएरै बितेको छ। अन्तरजातिय विवाह गरेको कारण घर परिवार र समाजले राम्रो नमानिरहेको बेला दुःखजिलो गरेर निर्वाह गर्दै अघि बढेकोमा अहिले जस्लाई विश्वास गरेर सबै कुरा सुम्पिए अहिले उसैले घर र न घाटको वनाउन लागेको भन्दै शर्मिलाले सहयोगका लागि याचना गरेकी छिन । 14429663_681799308640011_816881667_n
धेरै पैसा कमाउने र सुखी जिवन बिताउने सपना देखाएर बिदेशीएको श्रीमानले अहिले वेवास्ता गरेको शर्मिलाको भनाई छ । यसरी अलपत्र पार्नु भन्दा बरु मलाई सम्वन्ध विच्छेद दिए  ढुक्क हुने  शर्मिला बताउँछिन । लोग्ने छ भनेर संधै तडपिनु भन्दा बरु अलग भईदिए हुन्थ्यो भन्नेमा शर्मिला पुगेकी छिन ।