धादिङका १० किसान सम्मानित

474 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ : कृषि व्यवसायमार्फत कृषि तथा खाद्य सुरक्षा र जिल्लाको आर्थिक विकास महत्वपूर्ण योगदान पु¥याएका किसान सम्मानित भएका छन् ।

नयाँ जात तथा प्रविधि अवलम्बन गरी तरकारी, फलफूल खेती, माछापालन, बीउ उत्पादन, पशुपालन व्यवसाय गरेर जिल्लाको आर्थिक समृद्धिमा योगदान पु¥याउने किसानमध्ये उत्कृष्ट १० जनालाई ३६ विश्व खाद्य दिवसको सन्दर्भमा आयोजिक कार्यक्रममा सम्मानित गरिएको हो ।

“भइरहेको छ जलवायु परिवर्तन, गर्नुछ कृषि र खाद्यमा अनुकुलन” नारासहित कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, फियान नेपाल, खाद्य अधिकार सञ्जाल धादिङ, राष्ट्रिय कृषक समूह महासंघ नेपाल धादिङ, यूएमएनसहितका विभिन्न १७ वटा सरकारी तथा गैरसरकारी संघ–संस्थाले संयुक्त रूपमा गरेको ३६ औं विश्व खाद्य दिवस अवसरमा प्रमाणपत्रसहित दोसल्ला ओढाएर किसानहरूलाई सम्मान गरिएको हो ।

तरकारी खेतीतर्फ धुषा–१ का एकराज थपलिया, नौविसे–४ का हीरा राई, बैरेनी–८ का ध्रुव रिमाल र कुम्पुर–४ का कमला नेपाल सम्मानित भएका छन् । यसैगरी फलफूल खेतीतर्फ जोगिमारा–४ का हेमबहादुर गुरुङ, माछापालनतर्फ लालबहादुर तामाङ सम्मानित भएका छन् ।

बाख्रापालनतर्फ पिण्डा–४ का प्रमोदराज रूपाखेती , गाईपालनतर्फ बैरेनी–७ का ध्रुव अधिकारी, मैदी–८ का भानुभक्त ढुवाडी र घाँस बीउ उत्पादकतर्फ टीकामाया गुरुङलाई सम्मानित गरिएको छ ।

यसैगरी कलम चलाएर कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकास योगदान पु¥याएका पत्रकार मनीष दुवाडीलाई ३ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यसैगरी राष्ट्रपति उत्कृष्ट पुरस्कार जिल्लास्तरीयबाट तरकारी उत्पादक कुम्पुर–३ का दीपक श्रेष्ठ, नलाङ–१ का माहुरीपालक प्रशिक्षक केशव अर्याल र बेनीघाट–९ का पशुपालक अर्जुन त्रिपाठीलाई नगद १० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

यसैगरी खाद्यान्न बाली प्रतियोगिता र  निबन्ध प्रतियोगितामा ४/४ जनालाई पुरस्कृत गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी किसानले नै जिल्लाको आर्थिक विकासमा दिगो योगदान पु¥याउने बताए ।

वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटा र वरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगवतले किसानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।