थांक्रे र नौविसे गाविसको २५ स्थानको पानीको मुहानमै हैजा

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १३ कात्तिक,। तपाईले पिउने गरेको पानीको मुहान कस्तो छ ? त्यहाँको पानी पिउन योग्य छ कि छैन ? खानेपानी पिउंदा हैजाको किटाणु पनि पिउनु भएको त छैन । धादिङको थांक्रे र नौविसे गाविसमा गरिएको एक अध्ययन पछि हरेक मानिसले पानीको नाममा हैजाको किटाणु पनि पिउने गरेको रहस्य वाहिर आएको छ । उपभोक्ताहरुले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको किटाणु भेटिएको छ । दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको किटाणुु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जिवन मल्लले जानकारी दिए ।

नौबिसे र थाक्रे गाविसका विभिन्न २५ स्थानबाट पानीको नमूना लिइएकोमा हैजाको किटाणु भेटिएपछि सावधानी अपनाइएको छ । त्यस क्षेत्रका १८ जना मानिस बिरामी भएपछि पानी परीक्षण गरिएको थियो ।

महामारी रोकथामका लागि स्वास्थ्य तथा पोषण क्लस्टरले योजना बनाइ महामारी फैलन नदिएकोले नियन्त्रण गर्न सकिएको क्लष्टरका सदस्य गोकर्ण रुपाखेतीले बताए ।पानीमा हैजाको किटाणु भेटिएको क्षेत्रका सबै घरमा पानी निर्मलिकरण गर्न पिउस वितरण गरिएको छ ।