रसुवामा पाँच गाउँपालिकाको सिफारिस

489 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

स्थानीय विकास अधिकारी एवम् स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग सिफारिस समितिका संयोजक राजेन्द्रदेव पाण्डेका अनुसार उत्तरी क्षेत्रमा दुई र दक्षिणी क्षेत्रमा तीनवटा गाउँपालिका प्रस्ताव गरिएको हो ।प्रस्तावित गाउँपालिकाबाट दूरदराजमा रहेका ग्रामीणवासीलाई सेवा लिन सरलता हुने बताइएको छ । प्रस्तावित गाउँपालिकाको नाम पार्वतीकुण्ड, गोसाइँकुण्ड, उत्तरगया,  कालिका र नौकुण्ड प्रस्ताव गरिएको छ । उत्तरी क्षत्रको १० गाविसलाई दुई भाग र दक्षिणी भेकका आठ गाविसमध्ये भोर्ले र लहरेपौवाका केही वडा एक आपसमा गाभी सीमाङ्कनको प्रस्ताव गरिएको संयोजक पाण्डेले बताए ।

सांसदद्वय जनर्दन ढकाल, छोवाङ तेन्जिङ तामाङ र नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द) र नयाँ शक्ति नेपालका पार्टी प्रमुख समेतको रायसुझावका आधारमा गाउँपालिकाको प्रस्ताव गरिएको बताइएको छ । रासस