धादिङबेसीमा एक वृद्धको शव खोलामा भेटियो

645 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

veg1धादिङबेसी,२६ कात्तिक ः धादिङको सदरमुकाम धादिङबेसीमा एक बृद्धको हत्या गरी शव खोलामा मिल्काईएको अवस्थामा भेटिएको छ ।
सदरमुकाम धादिङबेसीको नीलकण्ठ नगरपालिका ३मा पर्ने घिमिरे जँगार नजिकैको थोपल खोलामा शुक्रबार विहान एक वृद्धको शव फेला परेको हो ।
मृतक नीलकण्ठ नगरपालिका १३ मधुवनका ८३ वर्षिय भेगबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
खोलामा मृत अवस्थामा भेटिएका गुरुङलाई ना ३ ख ९१४९ नम्बरको गाडीले ठक्कर दिएर मृत्यु भएपछि खोलामा मिल्काईएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शुक्रवार भएकोले घरबाट सदरमुकाम आउंदा ढिला हुने भन्दै भुकम्प पिडितले पाउने ५० हजार अनुदान लिनका लागि विहीवारनै गुरुङ सदरमुकाम आएको आफन्तहरुले वताएका छन । ट्रक चालक फरार रहेकोलेखोजी कार्य जारी रहेको प्रहरीले वताएको छ ।
शवको पोष्टमाष्र्टमका लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको प्रहरी निरीक्षक भीम भट्टराईले जानकारी दिएको छ ।

तस्विर :अमृत तामाङ को फेसबुकबाट